२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ज्ञान कुञ्जमा दिक्षान्त तथा बिदाई कार्यक्रम


२८९४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ अषाढ २८, शनिबार मा प्रकाशित ५ साल अघि
  • बनेपा- ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शनिबार एम.बि.एस.प्रथम वर्षमा अध्ययनकका लााजगि आएकका नव आगन्तुक विद्यार्थी भाइबहिनीहरुलाई भव्यका साथ स्वागत गरेको छ ।

    शिक्षा विद्यार्थीको लागि, विद्यार्थी देशको लागि, भन्ने मूल नारा बोकी नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाको लागि स्थापित प्रतिष्ठाको सो कार्यक्रममा एस.ई.ई परीक्षा २०७५, कक्षा १२ – २०७६, बि.बि.एस.–२०७६, एम.बि.एस. –२०७६, अध्ययन पुरा गरेका विद्याथीहरुलाई बिदाई गरेको हो

    फरक शैलीको विदाई कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरिक्षक जयराम सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति सुरकृष्ण वैद्य, व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक प्रताप वैद्य र व्यवस्थापन समिति सदस्य आत्माराम थापाद्धारा विद्यार्थीहरुलाई टिका, खादा, मेडल र मायाको चिनो, प्रमाण–पत्र प्रदान गरेका थिए ।

    कार्यक्रममा सहायक कलेज प्रमुख श्री नवराज चौलागाई, सहायक प्रिन्सिपल जेन वादे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सुरकृष्ण वैद्य र प्रमुख अतिथिले विद्यार्थीहरुलाई बधाई साथै सफल र सधँै विद्यार्थीको जीवनले सफलता र लक्ष्य प्राप्ती गरि रहोस् भन्ने कामना पनि व्यक्त गर्नुभयो ।

    सोहि कार्यक्रममा एम.बी.एस. तह उत्तिर्ण विद्यार्थीहरु दिक्षान्त समारोह सम्पन्न गरिएको थियो ।
    साथै एम.वि.एस. दोस्रो सेमेष्टरका काभ्रे जिल्ला प्रथम कञ्चन दाहाल, एस.ई.ई. २०७५ का विद्यालय प्रथम निर्जरा के.सी.लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमको दोस्रो चरणमा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुद्धारा विविध सांगितिक कार्यक्रम प्रस्तुत गरि खाजा सहित भव्य तथा सभ्य मनसुन डान्स पार्टी कार्यक्रम राखिएको थियो । कार्यक्रममा विद्यार्थी र शिक्षक, शिक्षिकाहरु झुमेका देखिन्थे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार