२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कृषकलाई प्रोत्साहन दिदै जीवन मार्ग


३१९६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ अषाढ २८, शनिबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-जिवनमार्ग कृषि सहकारी संस्था ले आफ्नो कृषक सेयर सदस्यलाई प्रोत्साहन सोरुप नेपाल सरकार को अनुदान सहयोग मा केही कृषक सदस्य लाई कृषि औजार प्रदान गरेको छ ।

    संस्थाका अध्यक्ष सुशील राज गिरीले संस्थाका कृषक सदस्य लाई कृषि औजार ट्याक्टर , भुसा काट्ने मेसिन , औषधी र बिषाधी छर्ने पम्प ,मकै छडाउने मेसिन लगाएतको औजार बितरण गर्नुभएको थियोे । जिवनमार्ग कृषि सहकारी संस्था ले आफ्नो कृषक सेयर सदस्यलाई आवश्यकता अनुसार मल बीउ बिजन, अनुदानका कृषि औजार प्रदान गर्नुका साथै आवश्कता अनुसार तालिम, भ्रमन र कृषि कार्य गर्न सहुलियतपूर्ण ऋण प्रदन गर्दै आएको अध्यक्ष गिरी ले बताउनुभयो ।

    गिरी ले भन्नुभयो पाँचखाल नगर कृषि सहर भन्ने मुल नारा लाई सिरोपर गर्दै पाँचखाल समाजकल्याण चोकमा आफ्नो मुख्य कार्यलय बनायर आफ्नो सेयर सदस्य लाई सेवा सुबिधा दिदै आएको सस्थाले एक घर ,एक कृषक ,एक कृषक एक खाता भन्ने अभियानका साथ निःशुल्क खाता संचालन को ब्यबस्था गरिएको बताउनुभयो । केही समय अघि केही सेयर कृषक सेयर सदस्यको माटो संकलन गरेर त्यसको परिक्षण गरेको थियो । माटोको जैविक शक्तिका आधारमा कुन खेती लगाउने भनेर आफ्ना सदस्य लाई तालिम प्रदान गर्ने योजना रहेको छ । कृषकलाई हरेक कुरामा प्रोत्साहन दिने हिषावले काम गरिरहेको जिवनमार्ग कृषि सहकारी संस्था ले आफ्नो कृषक सेयर सदस्यलाई यो बर्ष मागको आधारमा ५ कृषकलाई खेतबारी जोत्नको लागि आवश्यक रहेको मिनी टिलर ट्याक्टर वितरण गरेको थियो ।

    जिवनमार्ग कृषि सहकारी संस्था कृषिप्रति निक्कै सकारात्मक र सहयोगी छ, ट्याक्टर पाउने कृषक हरिकृष्ण श्रेष्ठले भन्नुभयो अन्य सहकारी ले बचत मात्र उठाउछन अनि ऋण माग्दा विभिन्न बाहाना बनाउछन तर यदी जीवन मार्ग मा खाता भए सबै सेवा सुबिधा जानकारि र सहयोग ,अनुदान र कृषि कार्य गर्न ऋण सजिलो पाईन्छ । केही समय अघि नेपालमा अबसर छैन बरु ऋण झिकेर बैदेशिक रोजगार मा जान्छु भनेर ऋण लिन खाता खोलेको अ‍ैले म अरुलाई बिदेश नजाउ जीवन मार्गले मार्ग देखाउछ भनेर सुनाउछु । श्रेष्ठले भन्नू भयो जो पाँचखाल बस्छ र जीवन मार्ग मा खाता छैन भन्छ त्यसको आधा जीवन खेर जाने भन्दै सबै लाई खाता खोल्न उत्साह पनि दिनु भएको थियोे । उनले अब खेतीप्रणालीमा सहयोग गर्नको लागि कृषिमा यान्त्रीकरणले विशेष भुमिका खेल्ने भएकाले जीवन मार्ग ले सदस्य को मागको आधारमा अनुदानबाढेको मा धन्यवाद पनि दिनुभएको थियोे । असारको समय पारेर जीवन मार्ग ले कृषकसदस्यहरुलाई भेगिय हिषावले कृषि यन्त्र वितरण गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार