२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

रोटरी पनौतीमा नयाँ समिति


३५९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ अषाढ २८, शनिबार मा प्रकाशित ५ साल अघि
  • पनौती-रोटरी क्लब अफ पनौतीमा वर्ष २०१९–२० का लागि नयाँ कार्य समितिको गठन भएको छ । समितिका अध्यक्षमा रोटरियन प्रकाश कुइँकेल, निवर्तमान अध्यक्षमा सुजित कर्माचार्य, अध्यक्ष(इलेक्टेड) डा. अनुपजङ्ग थापा र अध्यक्ष(मनोनयन) मा सितु सैंजु रहेका छन् । उपाध्यक्षमा डा. राजेन्द्र ताम्राकार, सचिवमा रवि कर्माचार्य र कोषाध्यक्षमा कृष्णप्रसाद सैंजु चयन भएका छन् ।
    यस्तै, क्लब एड्मिनिष्ट्रेसन डाइरेक्टरमा सुवेश ताम्राकार, रोटरी फाउण्डेसन डाइरेक्टरमा डा. नारायण श्रेष्ठ, सर्भिस प्रोजेक्ट डाइरेक्टरमा अनुप श्रेष्ठ, मेम्बरसिप डाइरेक्टरमा मञ्जु स्याउला, पब्लिक रिलेसन डाइरेक्टरमा मधुसुधन गुरागाईं, यूथ सर्भिस डाइरेक्टरमा पवित्रा दाहाल, सर्जेन्ट एट आम्र्समा राजु जङ्गम र डा. सुमनराज ताम्राकार मेन्टर(सल्लाहकार) रहेका छन् ।
    निवर्तमान अध्यक्ष सुजित कर्माचार्यले नवनिर्वाचित अध्यक्ष प्रकाश कुइँकेललाई अध्यक्षको पद हसतान्तरणलगत्तैको पहिलो बोर्ड बैठकले रोटरीका कार्यसिद्धान्त अनुसार वर्षभरि गरिने कामहरुको प्राथमिकीकरणसमेत गरेको छ ।
    पनौतीमा सन् २०१७ मा डा. सुमनराज ताम्राकारको संस्थापकत्व(चार्टड प्रेसिडेन्टसीप) मा स्थापना भएको रोटरी पनौतीले समुदायमा आधारित विभिन्न परियोजनाहरु सञ्चालन गर्दै आएको छ । जसमध्ये विभिन्न स्वास्थ्य शिविरहरु, जनचेतनामूलक अभियानहरु रहेका छन् । अघिल्लो वर्ष सम्पन्न सामुदाियक विद्यालयका इ–लर्निङ सेन्टरहरु उल्लेख्य परियोजनाका रुपमा लिइएको छ ।
    पनौती नगरपालिका, रोटरी पनौती र पनौती उद्योग वाणिज्य संघको सहकार्यमा पनोती नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयका विद्यार्थीहरुको पोशाकमा एकरुपत ल्याउने क्रममा ५ हजार एक सय विद्यार्थीहरुलाई निःशुल्क पोशाक वितरण गरिएको छ ।
    रोटरी पनौतीले रोट्र्याक्ट क्लब अफ पनौती र सिद्धार्थ वनस्थली स्कूलमा इन्टरयाक्ट क्लब स्थापना गरिसेकेको छ भने चाँडै नै बेथानचोक र कुशादेबीमा रोटरी कम्युनिटी कप्र्स(आरसिसी) गठनको तयारीमा रहको जानकारी दिइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार