२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेपालमै पहिलाे पटक विभिन्न ९ विधामा सेफ(भान्से )हरूलाई सम्मान गरियकाे छ।


३९०० पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ अषाढ २८, शनिबार मा प्रकाशित ५ साल अघि
  • माेहन गजुरेल ,काठमाडौं /शनिबार,ग्लाेवल नेपालिज शेफ फेडेरेसन नेपालले नेपालमै पहिलाे पटक विभिन्न ९ विधामा सेफ(भान्से )हरूलाई सम्मान गरेकाे छ।

    नेपालमा मात्र नभयर विश्वभर छरियर काम गरिरहेका शेफ(भान्से )हरूलाई एउटै छातामुनि राख्ने र उनिहरूमा रहेको क्षमतालाई प्रस्फुटन गराउने उदेश्यले स्थापित ग्लाेवल नेपालिज शेफ फेडेरेसन नेपालले आफ्नो पेशालाईनै सर्वस्व ठानि विगत लामाेे समयदेखि काम गरि आयका सेफहरूलाई सम्मान गरेकाेे हाे।

    सम्मानित हुने शेफहरूमा लाईफटाई अचिभमेन्टवाट नेपालकै पहिलाे एजुकेटिभ सेफ नरहरि अधिकारी ,लिभिङ लिजेन्ट उपाधि सेफ गाेबिन्दनर सिंंह के.सि.,ईन्जिजिनियसद्वारा नेपालकाे सिमान्त कृत चेपाङ जातका एजुकेटिभ सेफ युवराज प्रजा,वेष्ट आर्टिस्ट सेफ खिम वराल,याेङ्ग एजुकेटिभ सेफ भावि खनाल हाल माल्दिभ्स,सेफ स्टाेरिवाट विक्रम भिक्स,राईटर सेफ सुर्यकिरण श्रेष्ठ र अर्जुन थापा हाल युके,कस्माे पाेलिटिन सेफ कुमार चालिसे र याेङ्ग लेडि सेफ उर्मिला तामाङ(टिटुङ्ग) लाई सम्ममान गरिएको छ।

    समम्मान कार्यक्रम संस्थाका केन्द्रीय अध्यक्ष लक्ष्मण भण्डारीकाे सभापतित्वमा भयकाे थियाे भने प्रमुख अतिथि हाेटल संघ नेपालका उपाध्यक्ष विनायक शाहकाे प्रमुख आतिथ्यतामा सम्पन्न भयकाे थियाे।

    कार्यक्रममा विशेष अतिथि सिक्किम विश्वविधालयका माईक्रो वायाेलाेजिका डिन तथा फुड साईन्टिष्ट प्राे.डा.ज्याेतिप्रकाश तामाङले हिमालयन फुडकाे वारेमा आफ्नो अध्ययन र अनुभवका वारेमा सेफ तथा कुलिनरि विधार्थिहरूलाई सुनायका थिय ।अन्य अतिथिहरूमा डा.गणेश याेनजन नेपालका लागि जापानका पुर्वराजदुत,सेफ एशाेशियसन अफ नेपालका अध्यक्ष श्रीराम अधिकारी,डा.नम्रता तामाङ माईक्रो वायाेलाजिष्ट,सेफ गाेविन्दनर सिंह केसि,नरहरि अधिकारी,रामकृष्ण पन्त,रामकृष्ण थापा,जाेव्स ग्लाेवलका संचालक चन्द्र सिं अडाई लगायतकाे उपस्थिति रहेकाे थियाे।

    अवार्डकाे मुख्य उदेश्य भनेकै काम जानेपछि विदेशीने परिपाटिकाे न्युनिकरण गर्न कामगरे नेपालमै केही हुन्छ भन्ने शन्देश दिन याे कार्यक्रम गरेकाे भनाई कार्यक्रमका आयाेजकले राखे।कार्यक्रम संस्थाका सचिव प्रेमलाल तामाङले गरे भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष नारायण थपलियाले गरेका थिय।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार