२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

डम्फु पार्कको लागि ४० लाख


२००३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ अषाढ २९, आईतबार मा प्रकाशित ४ साल अघि
  •  

    तेमाल । काभे्र जिल्लामै सवैभन्दा बढी तामाङहरुको बाहुल्यता रहेको तेमाल गाउंपालिकामा बर्गीए पहिचान काएम राख्नको लागि डम्फु पार्क निर्माण गर्ने भएको छ ।

    तेमालमा तामाङ राष्ट्रिय संग्राहलय निर्माण गर्ने तयारी भई रहेको समयमा डम्फू पार्क समेत बन्ने भएको छ । संघीय सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले तामाङ राष्ट्रिय संग्राहलय निर्माणका लागि ५० लाख रकम विनियोजन गरी कार्य अगाडी बढेको छ ।

    त्यसैगरी डम्फू पार्क निर्माणको लागि गाउंपालिकाले बजेट व्यवस्था गर्ने भएको छ । तेमाल गाउँपालिकाको पाँचौं गाउँसभामा गाउंपालिका अध्यक्ष सलाम सिं तामाङले तेमालमा डम्फू पार्क निर्माण गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । तेमालमा साँस्कृतिक पर्यटन विकासका लागि तामाङ राष्ट्रिय संग्राहलय र डम्फू पार्कले महत्वपूर्ण हुने अध्यक्ष तामाङले बताए ।

    यस वर्ष तेमाल गाउँपालिकाले डम्फू पार्कको लागि ४० लाख रकम विनियोजन गरिएको छ । डम्फू तामाङ समुदायको मुख्य बाजा हो । ‘तामाङ भाषा र सँस्कृति हराए तेमाल खोज्न जानू’ भन्ने किम्बदन्ती अहिले पनि छ । यसै कुरालाई सार्थकता तुल्याउन डम्फू पार्क र तामाङ राष्ट्रिय संग्राहलय तयार गर्ने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार