२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

बेलिब्रिज बनेपश्चात आवागमन सुचारु


२४८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ अषाढ ३१, मंगलबार मा प्रकाशित ४ साल अघि
  • केहिदिनको लगातार बर्षाले पुल बगाए पश्चात अप्ठ्याारोमा परेका स्थानियलाई ससस्त्र प्रहरीले बेलिब्रिज बाईदिए पश्चात आवागमनमा सहज भएको छ ।

    सिरहा जिल्लाको सुखिपुर र बरियारपट्टी जोड्ने पक्कि पुलको किनारा भिषण वर्षाले बगाएर लगेपछि ५ दिन देखि आवागमन ठप्प हुँदा स्थानियलाई स्वास्थ्य, खाद्यान्न, यातायात, विद्यालय आवतजावत लगाएतका विविध किसिमको समस्या झेलिरहेका थिए ।

    स्थानियबासि सडक संजालबाट सम्पर्क टुट्दा स्वास्थ्य, शिाक्षा, यातायातमा असहज भएको देखि बेलिब्रिज निर्माण गरि सहज बनाएको सशस्त्र प्रहरी बलको सुरक्षा बेस सम्हाल्नु भएका प्रहरी निरिक्षक दिपक कोईराला बताए ।

    पुलको बरियारपट्टी तर्फको कटान हुदा ५ दिन देखि आवागमन ठप्प थियो, मान्छे नै तर्न नसक्ने र सार्वजनिक साधन पनि वारी पारि गर्न नसक्ने अवस्था र राजमार्ग सम्म बिरामी लेराउन पनि बैकल्पिक बाटो नभएको अवस्थामा सस्त्र प्रहरीले पुल बेलिब्रिज बनाए पश्चात जनजिवन सहज भएको स्थानिय श्यामलालराजवंशि ले बताए ।

    सशस्त्र प्रहरी बलको सुरक्षा बेस ले आफ्नो बेसको लगानी मा सिमित श्रोत साधन प्रयोग गरि अस्थाई फलामे पुल निर्माण गरेको छ पुल निर्माण पश्चात मोटर साइकल लगायत २ पांग्रे सवारी र स्थानीय लाइ आवत जावत मा सहज भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार