२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बुहारीको कुटाईले सासुको मृत्यु


२६१३ पाठक संख्या
प्रतिनिधिहरू
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण १, बुधबार मा प्रकाशित ५ साल अघि
  • धुलिखेल-धुलिखेल नगरपालिका वडा नं १ देविटार बस्ने माईली तमाङलाई आफ्नै जेठी बुहारीले कुट्दा मंगलबार राती मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभे्रको अनुसार घरयासी सामकान्य बिवादको क्रममा मंगलबार राती ११ बजेको समयमा २४ बर्षिय बुहारी सुन्तली तमाङले सासुलाई लछार पछार गर्दै कुटपिट गर्दै भुईमा पछार्दा टाउको र पेटमा गम्भिर चोट लागि घाईते भएको थियो ।

    कुटाईबाट सख्त घाईतेलाई उपचारको लागि बनेपा स्थित शिर मेमोरियल अस्पताल लगेकोमा राती १२—३० मा उपचारको क्रममा मृत्यु भएको थियो ।

    घटनाको बारेमा प्रहरीलाई जानकारी हुनासाथ प्र.नि.निरञ्जन भट्टाराई को नेतृत्वमा गएको टोलीले बुहारी सुन्तली तामाङलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ कार्य थालेको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार