२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तेमालको गाउँसभा सम्पन्न, ४८ करोड ९ लाख ५६ हजारको बजेट


२४७६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण १, बुधबार मा प्रकाशित ५ साल अघि
  • तेमाल—तेमाल गाउँपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को नीति, कार्यक्रम तथा बजेट शुक्रबार सार्वजनिक गरिएको छ । गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

    गाउंसभामा उपाध्यक्ष दुर्गामाया तामाङले बजेट प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाको पाँचौ गाउँ सभाले ४८ करोड ९ लाख ५६ हजार ७७ रुपैयाको बजेट सािर्वजनिक गरेको छ । गाउँसभाले गाउँपालिका अध्यक्षले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा उपाध्यक्षले पेश गर्नुभएको बजेट पारित समेत भएको छ । गाउँपालिकाले ठूला योजनालाई रणनीतिक योजनाको रुपमा अघि सारिएको छ । त्यसको लागि पूर्वाधार विकास क्षेत्र अन्तर्गत रु १२ करोड ५० लाख विनियोजन गरिएको छ । स्थानिय सडक, सिंचाई, भवन तथा शहरी विकास र उर्जा विद्युत विकास कार्यक्रम लगायत छन् । गाउँपालिका क्षेत्र वातावरण अनुकुलनका लागि यस सम्बन्धी कार्यक्रमलाई समेत बजेटले सम्बोधन गरेको छ । बातावरण संरक्षण तथा विपद् व्यवस्थापन कार्यक्रमलाई ५२ लाख ५० हजार बजेट छुट्याईको छ । संस्थागत विकास तथा सेवा प्रवाह र सुशासनमा ५० लाख बजेट छुट्याईएको छ ।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष तामाङले गाउँ बनाउन जितेर आएकोले तेमाल गाउँपालिकालाई नमुनाको रुपमा कार्य गर्ने बताउनुभयो । ‘तेमालका जनता माझ ईमान्दारीता देखाउनैपर्छ, जनताको काम गर्नैपर्छ भन्ने जोड मेरो हो, धेरै छलफल भयो, मेरो लचकताकै कारण बेलैमा बजेट पास भयो, यसैमा खुसी छु, अब नतिजा उन्मुख दिगो विकासका कामहरुमा मेरो ध्यान जानेछ, यसमा सबैको साथ रहनेमा विश्वस्त छु ।’–गाउँपालिका अध्यक्ष तामाङको भनाई छ ।

    सभामा अध्यक्ष तामाङले आर्थिक विकास सम्बन्धी नीति तथा कार्यक्रमहरु, पर्यटन विकासतर्फको नीति तथा कार्यक्रमहरु, सामाजिक विकास तर्फका नीति तथा कार्यक्रमहरु, खेलकुदसम्बन्धी नीति तथा कार्यक्रमहरु, स्वास्थ्यतर्फको नीति तथा कार्यक्रमहरु, खानेपानी तथा पूर्वाधार विकास क्षेत्रका नीति तथा कार्यक्रमहरु,वातावरण सम्बन्धी नीतिहरु, लैंगीक समानता तथा समावेशीकरण सम्बन्धी नीति तथा कार्यक्रमहरु, सेवा प्रवाह, संस्थागत विकास तथा सुशासन सम्बन्धी नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभयो ।

    कार्यक्रममा उपाध्यक्ष दुर्गामाया तामाङले संघीय सरकारबाट वित्तिय समानीकरण अनुदानमा जम्मा रु ९ करोड ९ लाख, संघीय सरकारबाट शशर्त अनुदान विभिन्न शिर्षकमा एकमुष्ट रु १४ करोड ३९ लाख,सामाजिक सुरक्षा भत्तातर्फ ६ करोड ५० लाख, प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान रु ९९ लाख ३६ हजार,शशर्त अनुदानतर्फ रु १८ लाख ४३ हजार,गाउँपालिकाको स्रोत पहिचानबाट रु १० करोड,चालु आर्थिक वर्षको काम गर्न नसकेका योजनाको रु ५ करोड ५० लाख गरी कुल ४८ करोड ९ लाख ५६ हजार ७७ को बजेट प्रस्तुत गर्नुभयो । उपाध्यक्ष तामाङले स्थानियको इच्छा, आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्न स्थानिय सरकारको आभाष गराउन सामाजिक आर्थिक विकासको ढाँचामा तेमाल सरकार अघि बढेको दावी गर्नुभयो । उहाँले योजना तर्जुमाको क्रममा विभिन्न वडास्तरीय भेलाहरु भएको र वडास्तरीय रुपमा छानिएका योजनाहरुलाई प्राथमिकिकरण गरी त्यसकै आधारमा बजेटकोे सिमामा रहेर रकम विनियोजन गरेको बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार