२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बाटो बनाउंदै गरेको डोजर चिरिप्पै


२९६२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण १, बुधबार मा प्रकाशित ५ साल अघि
  • तेमाल। तेमाल गाउँपालिका वडा नं. ७ मा पहिरोले अवरोध पु¥याएको सडक बनाउंदै गरेको डोजरलाई माथीबाट आएको ढुंगाले चिरिप्पै पारेको छ । बाटोको अबरोध हटाउँदै गरेको डोजर बाटो माथिबाट पल्टेको ढुंगाले किच्दा उक्त घटना भएको हो ।

    घटनामा डोजर चालक जयराम विश्वकर्मा सामान्य घाईते भएको प्रहरीले जनाएको छ । लगातारको अविरल वर्षाका कारण अबरुद्ध सडक निर्माण गर्ने क्रममा वडा नं. ७ को मेट्वाल र काल्थार सडकखण्डमा उक्त घटना भएको थियो ।

    तेमाल गाउँपालिकाका प्रवक्ता एवं ७ नं. वडा अध्यक्ष ज्ञानबहादुर तामाङको अनुसार बा २ क ७१८७ उक्त डोजर (जेसीबी)ले काकलिङदेखि सडक सफा गर्दै आएको थियो । साउने ‘संक्रान्ति चाडलाई समेत मध्य नजर गरेर वडा कार्यालयको सक्रियतामा बाटो सफा गर्न लागेका थियौं ।’ प्रवक्ता तामाङले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार