२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तीन महिने मोवाईल मर्मत तालिम सम्पन्न


४३५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण २, बिहिबार मा प्रकाशित ५ साल अघि
  • सुशिलराज गिरी
    धुलिखेल – सामाजिक बिकास मन्त्रालय प्रदेश नं ३ को आर्थीक सहयोग मा काभ्रे को धुलिखेल मा प्रदेस नं. ३ को पुर्वी क्षेत्र का जिल्लाका अपाङगताभएका ब्यक्तिहरुलाई आवासिया सहितको ब्यवसायिक ३ महिने मोवाईल मर्मत तालिम समापन भएको छ ।
    प्रदेश नं. तीन अन्तर्गत पुर्वी क्षेत्र का जिल्ला काभ्रे, दोलखा, रामेछाप र सिन्धुपाल्चोका बिभिन्न अपाङगताभएका ब्यक्तिहरुलाई आवसिया सहितको तालिम सामाजिक बिकास मन्त्रालय को सहयोग मा धुलिखेल तालिम केन्द्र का समापन भएको हो । तालिममा चार जिल्लाको फरक पकृती का शारिरीक अपाङगता भएका २० तथा सहयोगी ४ जना सहित २४ सहभागि रहेका थिए ।

    सहभागिहरुले तिन सय ९० घण्टा अवदिको ३ महिने मोवाईल मर्मत तालिममा सहभागिभएका थिए । समापन कार्यक्रम मा युवा राज गुरुङ ले सभापतिको भुमिका निर्वाह गर्नु भएको थियोे भने प्रमुख अथिति प्रदेश नं ३ का माननीय सभासद रत्नप्रसाद ढकाल, विषेश अतिथि सामाजिक बिकास मन्त्रालय माहशाखा प्रमुख इन्दिरा ओझा, प्रशिक्षक, विभिन्न संघ सस्थाको प्रतिनिधी प्रत्रकार र सहभागी को बिचमा सम्पन्न भएको थियोे । मोवाइल मर्मत तालिम समापन कार्यक्रममा बोल्दै प्रदेश नं ३ का माननीय सभासद प्रमुख अथिति रत्नप्रसाद ढकालले सामाजिक बिकास मन्त्रालयले बिभिन्नरुपमा अपङगताभएका ब्यक्तिहरुलाई स्वरोजगार बनाउन ब्यवसायिक हुनेखालको योजनाहरु बाट माग अनुसारको तालिम प्रदान गरी अपाङगताभएका ब्यक्तिहरुलाई आफ्नै खुट्टमा टेक्न सक्ने स्वरोजगार स्वाभलम्बी बनाएको बताउनुभयो ।

    ढकालले थप्नु भयो सरकार तपाईंको साथ मा छ,आज अपाङगताभएका ब्यक्तिहरुलाई समाजमा स्थापित गराउन सरकारले पहिलो प्राथमिकता दिन्छ, अपाङगता जे जसरी भएको भएपनि सरकारले आफ्नो अभिभाकत्व पूरा गर्छ त्यसैले आफु अपाङग भएको मा दु खी नहुन सहभागी लाई हौसला समेत प्रदान गर्नुभएको थियोे।कार्यक्रम मा बोल्दै प्रदेश ३ को सामाजिक बिकास मन्त्रालय माहशाखा प्रमुख इन्दिरा ओझाले मन्त्रालयले फरक फरक पकृती का अपाङगता भएका ब्यक्तिहरुलाई कुनैन कुनै रुपबाट रोजगार बनाउन मन्त्रालय लागेको बताउनुभयो । ब्यवसायिक मोवइल मर्मत तालिमको तालिम का प्रशिक्षकले अपाङगता भएका ब्यक्तिहरुको तालिम संचालनको लागि त्यति सहज नभएको तर यो एउटा अबसर रहेको बताए ।

    तालिममा सहभागि काभ्रेका सहभागी कैलास साही ले यो तालिमबाट धेरैकुरा सिक्ने अवसर मिलेको बताए । साथै कार्यक्रम सहयोगी सबै लाई धन्यवाद दिदै साहिले थपे कार्यक्रम जुन हौसला र उत्साहले सुरु भयो समापन मा त्यो ढंग को नभएकोमा आफु दुखी भएको गुनासो सुनाए । साहिले भने हामीले राम्रा प्रशिक्षक पायौं अन्यथा कार्यक्रम बिचमा धर्मरायो अपाङग भएको कारण आयोजक देखी समाजको हेर्ने दृष्टिकोन परिबर्तन नहुदा आफुहरु दुखी भएको बताए । मोवाई मर्मत गर्ने तालिम सिकेपछि धेरै जसो सहभागिहरुले अबको दिनमा ब्यवसाहिक बन्नको लागि थप मद्धतपुगेको समेत बताए । अर्का सहभागि सिन्धुपाल्चोकको बिनोद श्रेष्ठले मोवाई बनाउने तालिम लिनु भन्दा पहिले र अहिले धेरै फरक पाएको बताए । अब पछिको समयमा ब्यवसायनै संचालन गरेर बस्ने इच्छासमेत रहेको श्रेष्ठले बताए । कार्यक्रम मा सहभागी लाई प्रमानपत्र वितरण गरिएको थियोे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार