२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सेवाग्राहीसँग घुस लिने सव–इञ्जिनियर पक्राउ


२०८३ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ४, शनिबार मा प्रकाशित ५ साल अघि
  • सिरहा । स्थानिय तहमा विकास निर्माण कार्यमा चुहावट भएको भन्ने जनगुनासो आएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिदै गरेको अवस्थामा पक्राउ गरी कारवाही अगाडी बढाएको छ ।
    सिरहाको गोलबजार नगरपालिकाका सव–इञ्जिनीयर उमा श्रेष्ठले सेवाग्राहीसँग ५० हजार घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको हो । गोलबजारकै एक होटलमा सेवाग्रहीलाई बोलाएर घुस लिदै गर्दा सव– इञ्जिनीयर श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

    अख्तियार बर्दिवासका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाका अनुसार घुस दिने सेवाग्राहीको नाम अख्तियारले गोप्य राखेको छ । पक्राउ सव– इञ्जिनियर श्रेष्ठलाई आवश्यक कारवाहीका लागि अख्तियारको बर्दिवास कार्यालय लगिएको छ ।

    एक बर्षमा राष्ट्रसेवक कर्मचारीले घुस लिदै गर्दा दुई सय भन्दा बढी कर्मचारीहरु पक्राउ परीसकेका छन् । यति ठुलो संख्यामा पक्राउ पर्नुले मुलुकमा कुन तरिकाले कार्य हुंदो रहेछ भन्ने प्रष्टि सकेको अवस्थामा सरकारले त्यसको बारेमा केही सोच्न सकेको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार