२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गलत रवैया गर्ने ट्राफिकलाई कारवाही गर्छु -खनाल


२३८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ४, शनिबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौं– सडकमा बसेर गलत ढंगको रबैया देखाउदै ट्राफीक प्रहरीलाई कारबाही गर्ने प्रहरी महांनिरिक्षक सर्वेन्द्र खनालले बताए ।
    गल्ती गर्ने ट्राफिक प्रहरीमाथि कडा कार्वाही गर्ने चेतावनी दिदै प्रहरी महानिरीक्षक खनालले ट्राफिक प्रहरीले गलत काम गरे तत्काल आफूलाई खवर गर्न पनि यातायात व्यवसायीलाई आग्रह गरे ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्रमा गलत रवैया नदेखाउन पनि ट्राफिक प्रहरीहरुलाई सचेत गराए । जनताको लागि निःशुल्क सेवा दिन बसेको प्रहरी संगठनले यातायात क्षेत्रमा कुनै पनि खालको समस्या आउन दिन नमिल्ने प्रहरी महानिरीक्षक खनालको भनाई छ ।

    प्रहरी महानिरीक्षक खनालले सडक दुर्घटना हुन नदिन सवारी चालकहरुलाई पनि आग्रह गरे । त्यस अवसरमा उनले यातायात क्षेत्रमा हुने गुण्डागर्दीलाई पूर्ण रुपमा नियन्त्रण गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार