२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दलहरु आन्दोलनमा उत्रीय


३२८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ४, शनिबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौं । मुलुकमा रहेका साना दलहरुले ‘संयुक्त राष्ट्रिय आन्दोलन’ को नाम दिदै आन्दोलनमा उत्रीएका छन् । उनीहरुले बाढी, पहिरो र डुबानबाट पीडितलाई राहत तथा उद्दार गर्न सरकार गम्भिर नभएको आरोप समेत लगाएका छन् ।

    ‘संयुक्त राष्ट्रिय आन्दोलन’ नाम दिईएको वाम (प्रजातान्त्रिक) धारका साना दलहरुले आन्दोलनको घोषणा गर्दै मुलुकको धर्म र संस्कृतिमाथि बाहृय दबाव रोक्न माग गरेका छन् । उनीहरुले मुलुकमा नेपालीको पहिचान मेटिने गरी हुन थालेको बाहृय हस्तक्षेपलाई रोक्न सरकारसँग माग गर्दै संयुक्त राष्ट्रिय आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको नेकपा (माले) का महासचिव सीपी मैनालीले जानकारी दिए ।

    ‘संयुक्त राष्ट्रिय आन्दोलन’ नाम दिइएको यो समूहमा मैनाली नेतृत्वको नेकपा माले, हरिबोल भट्टराई नेतृत्वको नेपाली काँग्रेस (वीपी), देवीप्रसाद ओझा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक मञ्चलगायतका नौ राजनीतिक दलहरु आवद्ध छन् ।
    त्यसैगरी कांग्रेस (वीपी)का उपसभापति झलक वाग्लेले संघीयताको नाममा मुलुकको पहिचान मेटाउने खालका सबै गतिविधि बन्द गराउन सरकारलाई दबाव दिन आफूहरु संयुक्त आन्दोलनको थालनी गरेको बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार