२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

१६ जुवाडेलाई प्रहरीले झ्याप


२६१९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ४, शनिबार मा प्रकाशित ५ साल अघि
  • भक्तपुर । प्रहरीले जुवा तासलाई नियन्त्रण गर्ने अभियान चलाई रहेको अवस्थामा दुई स्थानमा छापा मार्दा १६ जना जुवाडेलाई पक्रिएर आवस्यक कारवाही प्रकृया अगाडी बढाएको छ ।

    सूर्य्विनायक नगरपालिका–६ सूर्य्विनायकस्थित हरिबहादुर खड्काको घरमा गएराति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो ।

    जुवाखालबाट प्रहरीले नगद रु एक लाख ३३ हजार ३५० र रु ३४ लाख ३० हजारको विभिन्न बैंकहरुको ६ थान चेक, ६ बुक तास र जुवातास खेल्न प्रयोग गरिने विभिन्न सामानसहित १० जनालाई पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ ।

    त्यसैगरी, भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद रु ६७ हजार ८५ रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ गरेको सबैलाई प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार