२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

१५ लाख घुस लिने इन्जिनियर पक्राउ


२४०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ४, शनिबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौं । कर्णाली नदी व्यवस्थापन कार्यलय बर्दियाका तीन इन्जिनियर १५ लाख घुससहित पक्राउ परेका छन् । इन्जिनियरत्रय कमल सिटौला, विश्वेश्वर प्रसाद शाह, हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

    उनीहरूले निर्माण योजना तारजाली भर्ने कामको विल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग घुस रकम मागेका थिए । उनीहरूलाई १५ लाख घुस रकम लिइसकेको अवस्थामा बर्दियाको गेरूवा गाउँपालिका-१ बाट रंगेहात नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्तामा प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार