२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

वेपत्ता भएको ९१ बर्षपछि काजकिरिया


२१५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ५, आईतबार मा प्रकाशित ४ साल अघि
  • बेपत्ता भएको ९१ बर्षपछि ‘मृत्यु’ भएको मान्दै परिवारका सदस्यले हिन्दु संस्कार अनुसार काजकिरिया गरेका छन् । जन्मले १ सय बर्ष पुगेका नमोबुद्ध ८ का नन्दीकेशर अधिकारी (बैकुण्ठ)को हिन्दु संस्कार अनुसार काजकिरिया थालिएको हो । मंगलबार (असार ३१) गते कुशको शव बनाएर उनको अन्तिम संस्कार गरिएको छ ।

    नाती कुमार अधिकारी कोरा बारेर १३ दिनकै किरिया बसेका हुन् । हिन्दु संस्कारमा ‘नारायणबली’ भनिने यो प्रकृयामा बेपत्ता भएको मानिस सय बर्ष हुदा सम्म पनि फेला नपरे मृत्यु भएको मानेर अन्तिम संस्कार गर्ने चलन छ । मान्छे बितेपछि १३ दिनसम्म कोरा बस्ने, अलिनो खाने, शुभ कार्य गर्न नहुने, बन्धु र आफन्तहरुले सिदा ल्याउने, शोक प्रकट गर्ने लगायतको एकै प्रकृया हुने उनका अर्का नाती राजनप्रसाद अधिकारले जानकारी दिए । राजनका अनुसार, वि.सं १९६५ सालमा जन्मेका नन्दीकेशर १९८५ सालमा परदेश गएका थिए । ७ बर्षको उमेरमा विवाह गरेका उनको श्रीमती वेदमायाको २०४२ सालमा मृत्यु भएको थियो ।

    मूलुकी देवानी संहिता, २०७४ को भाग २ व्यक्ति सम्बन्धी कानूनको परिच्छेद–१ को प्राकृतिक व्यक्ति सम्बन्धी व्यवस्थामा कुनै व्यक्ति बिना सूचना लगातार बाह्र वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वभाविक रूपमा जानकारी पाउने व्यक्तिले बाह्र वर्षदेखि कुनै जानकारी नपाएमा त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएकोमा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिनेछ भन्ने उल्लेख छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार