२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कृषि विकास बैंकका पूर्वप्रमुखलाई तीन करोड जरिवाना


२४१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ५, आईतबार मा प्रकाशित ५ साल अघि
  • उच्च अदालत पाटनले ललितपुरको लगनखेल शाखाका तत्कालीन प्रमुख बद्रीराज सुवेदीसहित तीन कर्मचारी र सुनौला खिम्ति निर्माण कम्पनीका प्रोप्राइटर धर्मराज भण्डारीलाई कैद र जरिवाना सुनाएको छ।

    कृषि विकास बैंकको जमानत कागज बनाउँदा कीर्ते गरेको अभियोगमा उनीहरूविरूद्ध बैंकिङ कसूर मुद्दा चलिरहेको थियो। असार २२ गते न्यायाधीश टेकप्रसाद ढुंगाना र किरण पौडेलको इजलासले उनीहरूलाई जेल र जरिवाना तोकेको हो।

    बद्रीराज सुवेदीले बैंकलाई ३ करोड ४८ लाख नोक्सान गरेको उच्च अदालतले ठहर गरेको छ। उनले नोक्सान गरे बराबरको जरिवाना र ४ वर्ष कैद हुने उच्च अदालतको फैसलामा उल्लेख छ।

    त्यसैगरी, कृषि विकास बैंककै अर्का कर्मचारी ताराप्रसाद काफ्लेलाई पनि ४ वर्ष कैद सुनाएको छ। उनले ३ करोड १४ लाख ४८ हजार विगो र त्यति नै जरिवाना तिर्नुपर्ने फैसलामा उल्लेख छ।

    बैंककै अर्का कर्मचारीले उमेश बहादुर लामाले काफ्लेको मतियार भएर बैंक ग्यारेण्टी कीर्तेमा सहयोग गरेको भन्दै आधा सजाय गरेको छ। उनलाई २ वर्ष कैद र १ करोड ५७ लाख २४ हजार जरिवाना तिर्न अदालतले भनेको छ।

    सुनौला खिम्तिका प्रोप्राइटर भण्डारीलाई उच्च अदालतले ४ वर्ष कैद र ३ करोड १७ लाख ४२  हजार ५ सय ५१ रुपैयाँ बिगो बमोजिम जरिवानाको फैसला सुनाएको छ। उनले विभिन्न सडक आयोजनको ठेक्का हात पार्न डिपोजिट स्वरूप कृषि विकास बैंकको जमानत काजग पेश गरेका थिए। जमानत कागजनै कीर्ते भएको भेद खुलेपछि अदालतमा मुद्दा पुगेको हो।

    उनले कृषि विकास बैंकमा धितो राखेर बैंक ग्यारेण्टी बनाउनु पर्थ्यो। तर उक्त कागज बनाउने कुनै पनि धितो पेश गरेका थिएनन्। जमानत दिएबापत कृषि विकास बैंकले पाउनुपर्ने २ लाख ९४ हजार कमिसन पनि व्यक्तिका नाममा पुगेको फैसलामा उल्लेख छ।

    कमिसनबापत बैंकमा दाखिल हुनुपर्ने त्यो रकम ललितपुर शाखाका प्रमुख सुवेदीबाट भराउनुपर्ने फैसला भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार