२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मल नपाएपछि उत्रिए कृषक आन्दोलनमा


२६६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ५, आईतबार मा प्रकाशित ५ साल अघि
  • प्रमुख बालिको समयमा रासायनिक मलको हाहाकार भएपछि कृषकहरुको समस्या समाधानको लागि नेपाली कांग्रेस दाङले जिल्लाका दश वटै स्थानीय तहरुमा आइतबार ज्ञापन पत्र बुझाई आन्दोलनमा उत्रिएको छ ।

    काँगे्रसका जिल्ला सभापति कीर्तिबहादुर खड्काले प्रमुख खेतीको समयमा मलको अभाव भई कृषकहरु मारमा परेकोले सो समस्या समाधानको लागि आन्दोलनमा उत्रिएको बताए । तुलसीपुर उपमहानगरपालिकामा दाङ क्षेत्र नं. ४ का क्षेत्रीय सभापति जगतबहादुर खड्काको नेतृत्वमा मेयर घनश्याम पाण्डेलाई ज्ञापन पत्र बुझाइएको छ । धान खेतीको समयमा अति आवश्यक रासायनिक मल नपाउँदा किसान हलो जोत्न छोडेर बजारमा भौंतारिनु पर्ने अवस्था आउनु दुःखद पक्ष भएको किसान संघका क्षेत्रीय सभापति गणेश चौधरीले बताए ।

    मलको अभावमा धानखेती गर्न नसकेको हुँदा तत्काल किसानको माग सम्वोधन नगरे आन्दोलन चर्काउने उनले चेतावनी दिए । कांग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय सचिव खिमबहादुर वलीले नारामा कृषिको सम्वृद्धिको कुरा गर्ने कम्युनिष्ट नेतृत्वको दुईतिहाई बहुमतको सरकारले मलका लागि कुनै चासो नदिनुले सरकार किसानको हकहितमा छैन भन्ने स्पष्ट भएको आरोप लगाए।

    नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य युवराज खड्काले दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार चुर्लम्म भ्रष्टचारमा डुवेको बताए। ‘तलदेखि माथि सम्म जसरी हुन्छ कमाउनु पर्छ भन्ने मानसिकता देखिन्छ,’ खड्काले भने ‘त्यहि कमिसनको चक्करले किसानले समयमै मल नपाएका हुन्।’

    जनताका दैनिक समस्या र आवश्यक्ता समाधान गर्न नसक्ने सरकारको औचित्य समाप्त भइसकेको खड्काले दाबी गरे । ‘आशा गरे अनुरुप दुई तिहाईको सरकारले चित्त बुझ्दो कुनै पनि कुरा डेलिभर गर्न सकेन,’ विद्यार्थी नेता खड्काले भने ‘खेतीको समयमा मल समेत दिन नसक्ने यो सरकारले कृषि क्रान्तिका कुरा गर्नु आफैमा मजाक हो ।’

    र्यालीसहित ज्ञापन पत्र बुझाउन गएका काँग्रेसका नेता कार्यकर्ताहरुले तुलसीपुरको वीपी चोकमा पुगेर कोण सभा गरेका थिए। त्यहाँ सम्वोधन गर्ने बक्ताहरुले पनि तत्काल किसानलाई मल उपलब्ध गराउन माग गर्दै त्यसो नभए कांग्रेसले किसानको हकहितको लागि आन्दोलन चर्काउने चेतावनी दिएका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार