२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मोटरसाईकलमा तीन जना सवार, दुर्घटनामा परी एकको मृत्यु


३४५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ६, सोमबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल÷मेलम्चीबाट पाँचखाल तर्फ आउंदै गरेको बा ३ ख ९९९२ नं को मिनि ट्रकसंग पाँचखाल जिरो किलोबाट मेलम्ची तर्फ जाँदै गरेको बा ४६ प १५३६ नं को मोटरसाईकल एक आपसमा ठोकीदा आज (सोमबार) दुर्घटना भएको छ ।

    उक्त दुर्घटना भएको जानकारी पाउना साथ पाँचखाल प्रहरी चौकिबाट प्र.ना.निको नेतृत्वरघमा प्रहरी टोलि पुगेको थियो । प्रहरीले मोटरसाईकलमा सवार तीनै जना घाईते भएकोमा गम्भीर अवस्थामा घाईते रहेको मोटरसाईकल चालकलाई उपचारको लागि धुलिखेल अस्पताल पठाएको थियो । उपचारको क्रममा मोटरसाईकल चालक का.प.जि पाँचखाल न.पा ४ बस्ने बर्ष १६—१७ को संजिब श्रेष्ठलाई सोमबार डाक्टरले मृत घोषणा गरेको छ ।

    त्यसैगरी का.प.जि मण्डनदेउपुर न.पा ११ झगडेडाँडा बस्ने बर्ष १८ को सदिप थापा कम्बर र दाहिने हातमा चोट अवस्था सामान्य र का.प.जि पाँचखाल न.पा ४ बस्ने बर्ष १६—१७ को अभिषेक खनाल अवस्था मध्यम पाँचखाल स्थानिय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार