२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

हत्या गरी फरार व्यक्ति पक्राउ


२३८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ६, सोमबार मा प्रकाशित ४ साल अघि
  • कास्की– अन्नपूर्ण गाउँपालिका–११ (साबिक घान्द्रुक गाविस)– ७ बस्ने ३१ वर्षीय मनप्रसाद गुरुङको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने  ५६ वर्षीय कुमार गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मनप्रसाद र कुमारबीच २०५६ माघ ४ गते साँझ हङकङ आईडीको बिषयमा वादविवाद हुँदा कुमारले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते भएका मन प्रसादको भोलिपल्ट माघ ५ गते बिहान सोही चोटका कारण मृत्यु भएको थियो ।

    घटनालगत्तै फरार कुमार करिब १४ वर्ष भारतमा बसेका थिए । त्यसपछि बुबाको मृत्युपश्चात घर फर्केएका उनी ६ वर्ष कास्की जिल्लाकै विभिन्न स्थानमा लुकेर बसेका थिए । लुकेर बसेकै अवस्थामा उनकै घर ठेगानाबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका गुरुङका बारेमा प्रहरीले थप अनुसन्धान गरिरेको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार