२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मुलुकमा पुर्णरुपममा शान्ति छैन-गृह सचिव


२५८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ७, मंगलबार मा प्रकाशित ५ साल अघि
  • साउन, काठमाडौं । गृह मन्त्रालयले देशको शान्ति सुरक्षाको अवस्था सुधारोन्मुख रहेको दाबी गरेको छ । विप्लव समूह मूलधारमा आएपछि मात्र पूर्ण शान्ति कायम हुने गृहका अधिकारीको भनाइ छ ।

    मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह सचिव प्रेमकुमार राईले भने, ‘हामीले विगतभन्दा बेटर मात्र भनेका छौं । पूर्ण शान्ति बनाउन भूमिका खेल्नुपर्छ । विप्लव समूहहरु जब मूलधारमा आउनुहुन्छ, त्यसपछि मात्र शान्ति सुरक्षाले पूर्णता पाउँछ । हामी त्यसतर्फ लागिरहेका छौं ।’

    उनले अध्यागमन क्षेत्रमा पनि विगतभन्दा धेरै सुध्रिएको दाबी गरे । साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विमती पनि नरहेको सचिव राईले बताए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार