२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

एम्बुलेन्सले ठक्कर दिदा महिलाको मृत्यु


२८०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । कोशी राजमार्ग अन्तर्गत मोरङको विराटनगर महानगरपालिका ३ गोग्राहा चोकमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

    धनुषा नेश्नल पोलिक्लिनिकको ज १ च ११९५ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा सप्तरीको राजविराज नगरपालिका–६ बस्ने ५५ वर्षीया उर्मिलादेवी झाको मृत्यु भएको हो । झाको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मंगलबार बिहान साढे ७ बजेतिर मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजकुमार खिउंजुले जानकारी दिए .

    एम्बुलेन्स र एम्बुलेन्स चालक धनुषा वीरेन्द्रबजार नगरपालिका– १ बस्ने २२ वर्षीय दीपकुमार मुखियालाई जिल्ला प्रहरी कार्यालय, मोरङले नियन्त्रणमा लिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार