२०८१ बैशाख १०, सोमबार | Mon, 22, Apr, 2024

वडा कार्यालयमा आगजनी


१७२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • डोटी । जिल्लाको जोरायल गाउँपालिका–४, लक्ष्मीनगरमा रहेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार अज्ञात समूहले गएराति करिब १ बजेको समयमा आगजनी गरेको हो । आगजनी किन र कसले गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता धामीले बताए । उनले भने, ‘घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ, किन र कसले आगजनी गर्यो भन्नेबारे अनुसन्धानपछि मात्रै भन्न सकिन्छ ।’

    आगजनीबाट उक्त वडा कार्यालयको वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सम्पूर्ण सरसामान जलेर नष्ट भएको वडाध्यक्ष नन्दराज भट्टले बताए । उनले भने, ‘आगजनीबाट म र वडासचिव बस्ने कोठामा भएका सामान जलेका छन्, कसले जलायो अहिलेसम्म जानकारी आएको छैन ।’ विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । अज्ञात समूहको आगजनीपछि जोरायल क्षेत्रमा अहिले ठूलो सङ्ख्यामा प्रहरी टोली परिचालन भएको बताइएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार