२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विप्लव वार्ताको लागि तैयार छैन – गृहमन्त्री


२४२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ७, मंगलबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौँ। गृहमन्त्री रामवहादुर थापा बादलले राष्ट्रिय शानितको बाधक बिप्लब माओवादी भएको बताएका छन् । विप्लव समूहसँग वार्ता गरेर समस्या समाधान गर्ने बिषयमा सरकार तयार रहेपनि विप्लव समूहले नचाहेको बताएका छन् ।

    राजनीतिमा जहिले सम्म स्थायित्व हुदैन तवसम्म मुलुकमा पूर्ण शान्ति नआउने बताउनु भयो । यसरी राजनीतिक स्थायित्वमा बाधककको रुपमा बाधक विप्लव समूह भएको दावी गरे । मन्त्रालयले वार्षिक कार्यसम्पादन समीक्षा र योजनाबारे जानकारी दिन मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले विप्लव समूह चुनौतिका रुपमा रहेको भन्दै यो समस्यालाई राजनीतिक तवरबाट समाधान गर्नुपर्ने पक्षमा आफू रहेको बताए ।

    वार्ताबाट समस्या समाधानको पक्षमा सरकार रहेको भएपनि विप्लव समुह वार्ताबाट समस्या समाधान गर्ने पक्षमा नरहेको वताए । विप्लव समूह वार्तामा नआई अराजक गतिबिधि अगाडी बडाएकोले सरकारले नियन्त्रण गर्ने वताए ।
    उनले थपे विप्लव समूहका ६ सय भन्दा बढि नेता कार्यकर्ता नियन्त्रणमा लिइसकेको बताए । मन्त्री थापाले जानकारी दिए ।

    उनले सरकारले वार्ताको लागि बोलाएपनि उनीहरुले वार्ताका लागि औपचारिक प्रस्ताव नपठाएको भन्दै पछिल्लो समय वार्ताको सम्भावना बढेको बताए । कार्यक्रममा गृहसचिव प्रेमकुमार राइले शान्ति सुरक्षा कायम गर्न मन्त्रालयले सकेसम्म प्रयास गरिरहेको भन्दै विप्लव समूह मूलधारमा आएपछिमात्रै पूर्ण शान्ति कायम हुने बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार