२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बाडीको कारण तीनको मृत्यु


२९३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ८, बुधबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी खोलामा आएको बाढीले हाइड्रो पावर बगाएको छ । बाढीमा परी तीन जनाको मृत्यु भएको मा बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको छ ।

    दोर्दी गाउँपालिका ४ मा दोर्दी खोलाको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको र अन्य केही वेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक बसन्त पाण्डेको कमाण्डको टोली घटना स्थल पुगेको छ । बाढीले बगाएको लिवर्टी जलविद्युत आयोजनाका कामदार लगायतलाई बाढीले बगाएको हो । गाउँदेखि माथि बाँझे भन्ने ठाउँमा खोला थुनिएर एक्कासी बाढी आउँदा मानवीय क्षति भएको प्रहरीको अनुमान छ । स्थानीय र प्रहरीको सक्रियतामा बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार