२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सम्झौता नगर्ने भुकम्प पिडितको सुचिबाट नाम हटाईयो


३१०५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ९, बिहिबार मा प्रकाशित ५ साल अघि
  • धुलिखेल-२०७२ साल बैशाख १२ मा आएको विनासकारी महांभूकम्प प्रभावित जिल्लाहरुका भूकम्प पिडितहरुले समयमा प्राधिकरणको नियम अनुसार सम्झौता नगर्दा लाभग्राही सुचिबाट नाम हटाईएको छ ।

    प्राधिकरणले अनुदान सम्झौता गर्ने समयसीमा ०७६ असार २१ सम्मका लागि तोकेको थियो । सो सनमय सम्म भूकम्प प्रभावित विभिन्न जिल्लाका ५७ हजार ३ सय ९ जनाले अनुदान सम्झौता नगरेपछि उनीहरूलाई लाभग्राहीको सूचीबाट नाम हटाइएको जानकारी प्राप्त भएको छ ।

    पुर्ण क्षती भएकाहरुलाई ३ लाख रुपैयाँका दरले घर बनाउन अनुदान पाउने सूचीमा परेका उनीहरूले निर्धारित समयभित्र अनुदान सम्झौता नगरेकोले लाभग्राहीको सूचीबाट हटाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनु भएको छ ।

    लाभग्राहीको सुचिबाट हटाईएकाहरुमा असार मसान्त सम्म पहिलो किस्ता नलिएका लाभग्राहीलाई पनि सूचीबाट हटाइएको छ । प्राधिकरणका अनुसार ८ लाख २६ हजार ९ सय २६ जना लाभग्राही सुचिमा रहेकोमा सात लाख ६९ हजार ६ सय २४ जनाले अनुदान सम्झौता गरेका छन् ।
    अनुदान सम्झौता गरेका मध्य पनि ५ हजार ५ सय ४० जनाले अनुदान रकम लिएका छैनन् । घिमिरेका अनुसार अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता पनि नलिने लाभग्राहीको नाम समेत हटाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार