२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

विप्लब माओवादी नेताको रिहाईको माग गर्दै जनप्रतीनिधि, माईला लामालाई विना शर्त रिहाई गर्नुपर्छ- दिनानाथ गौतम


२६१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ९, बिहिबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल-१० बर्षे जनयुद्धमा प्रमुख जनकलाकारको माध्यबाट नेपाली जनताको आँखाको नानु बन्न सफल भएका माईला लामाको गिरफ्तारीको बिषयमा समामाजीक संञ्जालमा बिरोध सुरु भएको छ ।

    विगतमा पुर्व माओवादीको फुट पछि बैद्य माओवादी हुदै बिप्लव माओवादीमा पुगेका जनकलाकार माईला लामालाई सरकारले गिरफ्तारी पछि देशैभरि उनको रिहाई माग गरेका छन् । सामाजिक सञ्जालमा विना सर्त रिहाई गर्नुपर्ने प्रतिक्रिया आउने क्रममा जनप्रतीनिधिहरुले पनि बिनासर्त रिहाईको माग गर्न थालेका छन् ।

    सामाजिक संञ्जाल मार्फत विना सर्त रिहाईको माग गर्ने क्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश ३ का सदस्य तथा चौरी देउराली गाउंपालिका अध्यक्ष दिननाथ गौतमले पनि माईला लामाको गिरफ्तारी पछि आफ्नो तर्फबाट अभिव्यक्ति दिएका छन् ।

    गौतमले—नेकपा विप्लब समूहका नेता कार्यकर्ताहरुलाई गिरफ्तारी, धरपकड र जेल तथा हिरासतमा राखेर तत्कालीन रोकथाम नहुने नेता गौतमले प्रतिक्रिया दिएका छन् । ‘नेकपा बिप्लब समुहका स्थानिय स्तर देखि केन्द्रीय नेतृत्व तहका नेता सुदर्शन देखि माइला लामासम्मको गिरफतारी र धरपकड जेल–हिरासत आदि समाधान होइन ।

    उनले सरकारलाई मात्र सुझाएका छ्रैनन् विप्लबलाई समेत सुझाएका छन् । हिजोकै जस्तो शैली अप्नाउन खोज्नु विप्लब समूहको दुस्साहसवादी कदम भएको संज्ञा दिंदै नेता गौतमले सरकारले पनि दमन गरेरै ठीक पार्छु भनठान्नु अर्को दुस्साहस हुने बताएका छन् । ‘हिजोसँगै लडेका आत्मिय मित्रहरु आज कोहि सरकार र सत्तामा बसेर प्रहरी परिचालन गर्छन त कोहि बिद्रोही बनेर जेल हिरासतमा छन् ।’ गौतमले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘हिजोकै जस्तो परिस्थिती छ भनेर बिप्लब कमरेडहरुले सोच्नु र हिजोकै शैली अपनाउनु आत्माघाती, दुस्साहासवादी कदम हुन जान्छ । राज्यले पनि दमन गरेर ठिक पार्छु भनेर लाग्नु अर्को दुस्साहास हुन जान्छ ।’

    गौतमले विप्लब समूहलाई ‘तातै खाउँ जलि मरौं’ नगर्न अनुरोध समेत गरेका छन् । ‘१० बर्षसम्म जनयुध्द्धको कष्ट्कर भारी बोकेर भर्खरै बिसाएका जनसमुदायहरुले त्यो अवधिको कष्ट भुलेकै छैन, थकाई मारेकै छैन ।’ उनले प्रतिक्रिया दिएका छन्, ‘यसकारण हिजोकै जस्तो माहौल बनिहाल्छ भनेर सोच्नु “तातै खाउं जलि मरौं “ भने जस्तै हो ।’

    हिजो बिद्रोह गरेको सक्तिका नेताहरु आज सत्तामा रहेको, छन । हिजो को बिद्रोहको बृत्तिबिकास कसरी भएको थियो भन्नेकुरा सरकारले भुलेको उनको आरोप छ । बलप्रयोग गरेरै ठीक पार्छु भन्ने सरकारको सोंच भए त्यसको मूल्य महंगो पर्ने उनको दावी छ । ‘सत्ताको अधिकार प्रयोग मात्र गर्छु, मेरो काम र कर्तब्य भनेको बलप्रयोग गरेरै भयपनी ठिक पार्छु भन्ने हो भने तेस्को मूल्य पनि महंगै पर्छ ।’ उनले भनेका छन्, ‘यसकारण बिद्रोहिहरुलाई वार्तामै ल्याएर समाधान खोज्नु सबै भन्दा उत्तम हुन्छ ।’

    नेता गौतमले माईला लामालाई रिहा गरेर वार्ताको वातावरण बनाउन सरकारसँग मागे गरेका छन् । ‘सर्प जति नै बाङ्गो टिङ्गो भएपनी दुला पस्ने बेलामा सोझिनै पर्छ ।’ उनले भनेका छन्, ‘माइला लामालाई रिहाई गरेर वार्ताको बिस्वासनिय वातावरण बनाउनु नै अहिलेको उत्तम बिकल्प हुन सक्छ । सबैको होस खुलोस् ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार