२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नगर उप—प्रमुखबाट पत्रकार माथी दुव्र्यवहार


२३१६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण १५, बुधबार मा प्रकाशित ४ साल अघि
  • शुक्लागण्डकी नगरपालिका तनहुँकी उपप्रमुखद्वारा पत्रकार सम्मेलन मार्फत पत्रकारमाथि गरेको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

    २०७६ साउन १० गते उपप्रमुख सविता रसाइलीले नगरपालिकाको सभाकक्षमा ढुङ्गा गिटिका बारेमा पत्रकार सम्मेलन गर्ने भन्दै पत्रकारमाथि अभद्र तरिकाले उत्रिनुका साथै पत्रकारलाई लाञ्छना लगाउदै दुव्र्यवहार गरेकी छिन् ।

    त्यसैगरी , हाम्रो सवाल डटकमका सम्पादक अमृत बास्तोलालाई उक्त अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर प्राथमिक स्वास्थ्य केन्द्र, संक्रान्ति तेह्रथुममा कार्यरत डाक्टर सन्तोष प्रसाद साहले साउन ३ गते फोन मार्फत उक्त समाचार हटाउन दवाव दिदै धम्की दिएका थिए ।

    समाचार प्रकाशन भएको विषयमा असहमती भए उजुरी गर्ने निकाय हुदाँ हुदै पत्रकारमाथि दुव्र्यवहार तथा धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासंघको ठहर छ । अतः महासंघ घटनाको सत्यतथ्य छानविनगरि घटनाका दोषीमाथि कारबाही गर्न र पत्रकारको पेशा तथा जनताको सुसूचित हुने अधिकारको सम्मान गर्न सम्बन्धीत पक्षसंग माग गर्दछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार