२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

७ बर्षीय बालकको मुखमा ५२६ दाँत, मोबाईलको कारण हुन सक्ने डा. भनाई


३११४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण १६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । भारतको चेन्नाईस्थित सविता डेन्टल कलेजका डाक्टरहरुले एक सात वर्षीय बच्चाको मुखबाट ५२६ वटा दाँत निकालेको दाबी गरेका छन् ।

    डाक्टरहरुका अनुसार मानिसको मुखबाट यति धेरै दाँत निकालिएको यो विश्वकै पहिलो घटना हो । उनीहरुले यस स्थितिलाई कम्पाउन्ड कम्पोजिट अन्डोटोम नाम दिएका छन् ।

    डाक्टरहरुका अनुसार यस्तो अस्वाभाविक विकास मोबाइल टावरको रेडियसनको कारण पनि हुन सक्ने  छ । रविन्द्रन नाम गरेका ती बच्चाको दायाँ गाला सुन्निने र दुख्ने समस्या भएपछि उनका अभिभावकहरुले अस्पताल लगेका थिए । जाँचको क्रममा डाक्टरहरुले अस्वाभाविक संख्यामा दाँतहरु रहेको पत्ता लगाए ।

    सविता डेन्टल कलेजको सर्जन डा. पी सेन्थिलनाथनले एक्स रे र सिटी स्क्यान गरेर हेर्दा धेरै दाँतहरु देखिए, जसको पूरा विकास भएको थिएन । त्यसपछि अपरेसन गरेर ती दाँतहरु निकाल्ने निर्णयमा डाक्टर पुगे । डा. सेन्थिलनाथनका अनुसार दाँतहरु मासुको भित्री भागमा थिए जुन बाहिरबाट देखिँदैनथे । बच्चालाई बेहोस पारेर उसको तल्लो बंगाराको भाग निकालियो । जसको तौल २ सय ग्राम थियो । त्योभित्र ठूला, मध्यम र साना आकारका ५२६ वटा दाँत थिए ।

    डाक्टर सेन्थिलनाथनले भनेका छन्, ‘हामीले स्वस्थ दाँतलाई रहन दियौं । अस्वाभाविक रुपमा रहेका दाँतहरुलाई सावधानीपूर्वक निकाल्यौं । सबै दाँतहरु निकाल्न पाँच घण्टा लामो अपरेसन गर्नु परेको थियो । अपरेसन गरेको तीन दिनपछि बच्चाको अवस्था सामान्य बन्न थाल्यो । अपरेसनपछि त्यो बच्चाले आफूलाई अब पहिलेको जस्तो दुखाइ नभएको बतायो । डाक्टरहरुले यस्तो अस्वाभाविक स्थिति आउनुको कारण मोबाइल टावरबाट निस्किने रेडियसन वा जेनेटिक डिसअर्डर हुनसक्ने बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार