२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

श्रमजीवी ऐन–२०५१ कार्यान्वयनका लागि महासंघ आन्दोलनमा


२३३४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण १६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिको आज बसेको बैठकले श्रमजीवी पत्रकार ऐन–२०५१ कार्यान्वयनका लागि महासंघ दवावमूलक आन्दोलनमा जाने निर्णय गरेको छ ।

    समितिका संयोजक रामप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, महासंघका उपत्यका प्रदेश समितिका अध्यक्ष एनके दाहाल, एसोसिएट प्रदेश समितिका अध्यक्ष केपी ढुंगाना, प्रतिष्ठान प्रदेश समिति अध्यक्ष शेखर अधिकारीलगायत सहभागी बैठकले सञ्चार गृहहरुले तोकिएको अवधिमा आ.व. २०७६÷०७७ को दरबन्दी र श्रमजीवी विवरण सूचना तथा प्रसारण विभागमा नबुझाइएको सन्दर्भमा न्यूनतम पारिश्रमिक कार्यान्वयन र प्रेस पास नवीकरणमा देखिएको जटिलताको समाधान खोज्न विभागसँग दरबन्दी विवरण बुझाएका र नबुझाएका सञ्चार गृहहरुको नाम सार्वजनिक गर्न दबाब दिने निर्णय गरेको छ ।

    बैठकले महासंघले सरकारलाई ऐन कार्यान्वयन गर्ने दायित्व पूरा गर्न र सञ्चारगृहलाई श्रमको सम्मान गर्दै ऐन कार्यान्वयन गर्न पटकपटक आग्रह गरिएको भन्दै दुबै पक्षले उक्त अनुरोधलाई बेवास्ता गरेका कारण गर्दै महासंघ पुनः आन्दोलित हुनुपर्ने परिस्थिति निर्माण भएकोले आन्दोलन गर्न बाध्य भएको निर्णय गरेको छ ।

    बैठकले दरबन्दी नबुझाएका सञ्चार गृहलाई कानुनी रुपमा विवरण बुझाउन बाध्य पार्न दबाब सृजना गर्ने जनाएको छ । श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिक लागु गराउन केन्द्रीय समितिको बैठक बसी आन्दोलनका कार्यक्रम घोषणा गर्ने बैठकले निर्णय गरेको छ ।

    साथै, बैठकले सञ्चारगृहमा रहेका न्यूनतम पारिश्रमिक लगायतका श्रमसम्बन्धी समस्याको बेनामी उजुरी लिने । त्यस्ता उजुरी पहिचान नखुलाई लिखित, मौखिक, इमेल, ट्वीटर, फेसबुक, हुलाक आदिमार्फत उजुरी दिन भनेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार