२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रगतिपथमा बिन्धवासिनी, ४० हजारलाई सेवा प्रदान


२८६६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण १८, शनिबार मा प्रकाशित ४ साल अघि
  • पनौती – विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. प्रगतिपथमा अगाडि बढ्दै गएको छ ।

    काभ्रे जिल्लाका १३ वटा स्थानीय तह कार्यक्षेत्र रहेको विन्धवासिनी साकोसको सदस्य संख्या ३३ हजार ४ सय ४८, समुह संख्या १ हजार ५ सय ७७ बाट शेयर पुँजी २८ करोड ९ लाख ३६ हजार रहेको शनिबारको वार्षिक समीक्षा गोष्ठीमा जानकारी दिइएको हो ।

    संस्थाका प्रमुख व्यवस्थापक के.वि. लामा स्यान्तानका अनुसार संस्थाको बचत १ अर्ब ९४ करोड ९८ लाख १४ हजार, ऋण लगानी २ अर्ब ९ करोड २ लाख १३ हजार, शैक्षिक बाल बचतकर्ता ७ हजार १ सय २५, संस्थाको आ.व. २०७५÷०७६ को कुल नाफा ९ करोड ८९ लाख १५ हजार, कुल कारोबार २ अर्ब ६० करोड १३ लाख १२ हजार, कुल सेवाग्राही ४० हजार ५ सय ७३ रहेको जानकारी प्रमुख व्यवस्थापकले दिएका थिए ।

    व्यवस्थापक लामाले संस्थाले १७ प्रकारका बचत कार्यक्रम र २१ प्रकारका ऋण कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै सदस्य सुरक्षण कार्यक्रम अन्तर्गत ८१ हजारसम्म निःशुल्क राहत सेवा प्रदान गरी यस वर्ष ७० लाख ६३ हजार २ सय ६४ राहत रकम प्रदान गरेको छ ।

    अझ संस्थाले किसान २ (दीगो किसान) कार्यक्रम सञ्चालनमा ल्याई पनौती, खोपासी, बनेपा र भकुण्डेवेंशीमा ८० किसान समुहमा २ हजार घरधुरीका किसान आबद्ध गराई २ सय ८० वटा तालिमका कार्यक्रम सञ्चालन गरेको कार्यक्रम संयोजक एवं कृषि अधिकृत किरण जोशीले जानकारी दिए ।
    त्यसमा पनि गोलभेंडामा मल्चीक गर्ने विधि, लहरे बाली प्रदर्शनी, माटो परीक्षण, घुम्ति बाली शिविर, कृषि मोबाइल एप्स र शुन्य डिग्रीको कूल च्याप्ट (फिज) २ वटा निर्माण समेत गरिएको कृषि अधिकृत जोशीले बताए ।
    कार्यक्रममा पनौती, खोपासी, ढुंखर्क, पाँचखाल, बनेपा र भकुण्डेवेंशीका व्यवस्थापक, संयोजक र सहव्यवस्थापकहरुले आआफ्नो क्षेत्रका प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    गोष्ठीमा ऋण सहायक भिमसेन बजगाईंले ऋण तथा लघुवित्त विभाग, व्यवस्थापक त्रिलोचन घिमिरेले लेखा परीक्षण, शेयर र बचत, मित्रप्रसाद दाहालले शिक्षा तथा प्रशिक्षण विभागका बारेमा आआफ्नो सुझावहरु व्यक्त गरेका थिए ।

    त्यस्तै, उपसमितिहरुको तर्फबाट लघुवित्त उपसमितिका संयोजक पुनम घिमिरे, ऋण उपसमितिका संयोजक भिम के.सी., प्रचारप्रसार उपसमितिका संयोजक भिमसेनप्रसाद सापकोटाले आआफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए ।,
    त्यसैगरी, स्वास्थ्य उपसमितिका संयोजक एवं कोषाध्यक्ष शान्त कुमार श्रेष्ठ, शिक्षा उपसमितिका संयोजक एवं सचिव रामशरण भण्डारी, लेखा तथा सुपरीवेक्षण उपसमितिका संयोजक सुन्दर श्रेष्ठले प्रतिवेदनहरु प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा खोपासी क्षेत्रका व्यवस्थापक तिर्थलाल जाकिबन्जार, सहव्यवस्थापक अनिल पहरी र संयोजक दिवाकर गुरागाईं, ढुंखर्क क्ष्ोत्रका व्यवस्थापक राजेन्द्र बन्जारा, सहव्यवस्थापक बलराम अधिकारी र संयोजक भिमसेन तिमल्सिना, पनौती क्षेत्रका व्यवस्थापक देवक श्रेष्ठ, सहव्यवस्थापक संगिता हरिशरण र संयोजक रमेशप्रसाद जंगम, पाँचखाल क्षेत्रका व्यवस्थापक सुरज अधिकारी, सहव्यवस्थापक सलिना तण्डुकार र संयोजक गणेशप्रसाद पराजुली, बनेपा क्षेत्रका व्यवस्थापक रामचन्द्र थापा, सह व्यवस्थापक विश्वनाथ गुरागाईं र संयोजक मोहन प्रसाद हुमागाईं र भकुण्डे क्षेत्रका व्यवस्थापक राजेन्द्र श्रेष्ठ, सन्तोष तिमल्सिना र संयोजक श्यामकृष्ण श्रेष्ठले वार्षिक समीक्षा र सबल तथा सुधार गर्नुपर्ने कुराहरुबारे आआफ्नो क्षेत्रको बारेमा जानकारी गराएका थिए ।

    अध्यक्ष प्रदीप थापाले उद्घाटन मन्तव्य दिँदै एकवर्षभित्र संस्थामा भए गरेका अवस्था, अप्ठ्यारा, उपलब्धी र मुल्यांकनको बारेमा बोल्न उपस्थित पदाधिकारीहरुलाई रुलिङ्ग गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष भिमसेन सापकोटाले गरेका थिए । कार्यक्रममा सञ्चालक समिति, उपसमिति र कर्मचारीहरु गरी कुल ८० जनाको सहभागिता रहेको थियो ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार