२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

वाईसिएल अध्यक्षले खानेपानीको लागि २ लाख


२३३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण २१, मंगलबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल-कृषि नगरीको रुपमा परिचित पाँचखाल नगरकोयाको रुपमा रहेको खानेपानी समस्या समाधानको लागि पाँचखालमा सुनकोशि पाँचखाल बृहत खानेपानी योजना अगाडी बढाईएको छ । उक्त कार्यलाई समयमै सफल पार्ने कार्यको लागि वाईसिएल नेपालका काभ्रे जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठले २ लाख सहयोग गर्नु भएको छ ।

    पानीको स्रोतहरु सुक्दै जाने अवस्थालाई मध्य नजर गर्दै दिर्घकालिन रुपमा पिउने पानिको व्यवस्थाको लागि सुनकोशि पाँचखाल खानेपानी उपभोक्ता समिति सकृय ढंगबाट अगाडी बढेको छ । विगत तीन बर्षदेखी निरन्तर रुपमा अगाडी बढेको समितिले नेपाल सरकार खानेपानी विभागको सहलगानि तथा एसियाली विकास वैंकको ऋण लगानीमा सुनकोशि पाँचखाल खानेपानी योजना संञ्चालन गर्ने तयारीमा रहेको छ ।

    विस्तृत अध्ययन प्रतिवेदनको आधारमा २ अर्व २१ करोडको लागतमा सुरुहुन लागेको उक्त खानेपानी योजनाको लागि उपभोक्ताहरुको तर्फबाट ५ प्रतिशत जम्मा गर्नु पर्ने हुन्छ । जसको लागि ११ करोड ५ लाख रकम उपभोक्ताले जम्मा गरेपछि योजनाको कार्य सुरु हुने जानकारी प्राप्त भएको छ । योजनाको नियम अनुसार उपभोक्ताहरुको तर्फबाट जम्मा गर्नुपर्ने रकम जम्मा नगरेसम्म कार्य सुरु नहुने भएकोले उपभोक्ताहरुले सक्रिताको साथ रकम जम्मा गर्ने कार्यलाई अगाडी बढाएका छन् ।

    कुल लागत स्टमेट २ अर्व २१ करोडको ७० प्रतिशत एशियाली विकास वैंकले पाँचखाल नगरको जमानिमा ऋण लगानि गर्ने, २५ प्रतिशत नगरबिकासको तर्फबाट ऋण उपलब्ध गराउने तयारी भइसकेको अवस्थामा ५ प्रतिशत उपभोक्ताले जम्मा गर्नुपर्ने रकम जम्मा हुन नसकेर योजना असफल भए समस्या निम्तन सक्ने भन्दै पाँचखाल वासिहरु सकृय ढंगबाट अगाडी बढेका छन् । प्रति सेकेण्ड २ सय लिटरको दरले लिफ्ट मार्फत पानी तानेर बितरण हुने योजनाको साथमा अगाडी बढेको अवस्थामा उपभोक्ताहरुले रकम जम्मा गर्न केही ढिलाई भएकोले स्थानिय समाजसेवीहरु सहकारी लगायतले लगानी गरी सहयनोग गर्ने निर्णय अनुसार भएको छ । दोलालघाट नजिक ज्यामिरेबाट लिफ्ट गरी पिउने पानी पाँचखाल आउने तयारी भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार