२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

काभे्रमा टिएक्स मकैको बिउ सफल, स्थानिय बिउ लोप हुंदै


३२७६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण २१, मंगलबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के मैनाली
    पाँचखाल-कृषि नगरीको रुपमा परिचित पाँचखाल कृषिको लागि उर्वरा भूमिको रुपमा परिचित रहेको छ । कृषि पेसामा लगानी बढ्दै जाने साथै उत्पादित कृषि उपजहरुले उचित बजार भाउ नपाउंदा कृषकहरुले बढी उत्पादनको लागि स्थानिय विउको वदला बर्णासंकर (हाईब्रिज) जातको बिउ तर्फ आकर्ष बढेको हो ।
    काभे्र जिल्लाका कृषकहरुले लगाउंदै आएको स्थानिय बिउबाट उत्पादन कम हुने जसको कारण लागत खर्च समेत नउठ्ने हुंदा बर्णाशंकर (हाईबृज) तर्फ आकण बढ्दा स्थानिय बिउहरु लोप हुंदै छ । बिभिन्न प्रकारका तरकारी तथा खाद्यान्न बालिमा स्थानिय बिउको प्रयोग गर्दा कृषकहरुलाई घाटा हुंदा खेती तर्फ आकर्षण घट्दै बैदेशिक रोजगारिमा जान बिवस भएको अवस्थामा बर्णाशंकर जातको बिउले केही राहत मिलेको छ । स्थानिय बिउबाट उप्तादन घट्दै निरास भएको समयमा कृषकहरुको पिडामा केही राहत मिलेको छ ,बर्णाशंकर जातको बिउले । कृष्कलाई राहत मिल्नुका साथै कृषि प्रधान देशका कृषहरु बिउको लागि परनिर्भर हुन बिवस भएका छन् । बाहिरी मुलुकबाट आयातित बिउले कृषकहरु सफल भएपनि कुनै दिन आयात बन्द भएमा कृषि प्रधान मुलुकका कृषकहरुको अवस्था के होला भन्ने बिषयमा सम्बन्धित निकायले सोच्नु पर्ने समय आएको छ ।

    पाँचखाल मात्र नभई काभे्र जिल्लामै स्थानिय विउको प्रयोग अत्यन्त कम हुंदै गएको छ । खेतीमा गरेको लगानि नडुवोस भन्ने उद्देस्यले कृषकहरुले बढी उत्पादन गर्नको लागि वर्णाशंकर (हाईब्रिज) तर्फ आकर्षण भएका हुन् । बर्णाशंकर जातको धेरै प्रकारको बिउहरु बजारमा रहेपनि त्यसमा पनि गुणस्तरीय साथै बढी उत्पादन हुने साथै स्टोरेज क्षमता बढी हुने बिउको खोजी तर्फ कृषकहरु अग्रसर रहंदै आएका छन् । उत्पादन बडी भएपनि स्टोरेज क्षमतामा कमी हुंदा छिटै किराले आक्रम गर्ने साथै कुहिने समस्याले गर्दा कृषकहरुले उत्पादन बढी हुने साथै स्टोरेज क्षमता राम्रो भएको बिउको पहिचान गर्ने कार्य गर्दा टिएक्स ३६९ नामक मकैले कृषकको चिन्ता दुर गरेको छ ।
    कृषकहरुले धेरै प्रकारको बिउको पहिचान गर्दै जाने क्रममा प्रमुख बालिको रुपमा लगाएको मकै बालिमा सवै भन्दा बढी उत्पादन साथै स्टोरेज क्षमता बढी भएको मकैको बिउमा बायोसिड कम्पनी भारत हैजराबादबाट उत्पादित टिएक्स ३६९नामक मकै सफल भएको छ । कृषकको मागलाई मध्य नजर राख्दै बढी उत्पादन हुने साथै स्टोरेज क्षमतामा बढी भएको कमैको बिउको पहिचान गर्न गत बर्ष बाट पाँचखाल बिज भंडारका प्रोपाईटर सरोज सापकोटाले प्रयास गर्ने क्रममा कृषकको माग अनुसारको बिउ उपलब्ध गराउन सफल हुनु भएको छ ।

    आयातीत मकैको बिउको बिषयमा प्रोपाईटर सापकोटासंग सम्पर्क गर्दा कृषकहरुको स्थानिय बिउ तर्फ आकर्षण घट्दै जाने र बर्णाशंकर (हाईब्रिज) तर्फ आकर्षण बढ्दै जाने भएकोले गुणस्तरीय बिउ आयातित गरेको हो । धेरै थरिको बिउ झिकाईयो, उत्पादन राम्रै भएपनि स्टोरेज क्षमतामा कमी हुंदा कृषकहरु सन्तुस्त नरहेकोले कृषकहरुको सन्तुष्टिको लागि गत बर्ष बायोसिड कम्पनी भारत हैजराबादबाट उत्पादित टिएक्स ३६९नामक मकैको बिउ झिकाईयो जुन कृषकको माग अनुसाकै सफल भयो । रोपेको १ सय २० दिनमा तयार हुने उक्त मकैको बिउ बाट उत्पादन राम्रो, पोलेर खानको लागि धेरै राम्रो हुंदा मकै पोल्ने व्यवसाय गर्नेहरुका लागि हरियो मकै बेच्न समेत राम्रो साथै स्टोरेज क्षमता समेत राम्रो हुंदा कृषकहरु खुसि भएको सापकोटाले बताउनु भयो ।

    कृषक रामकृष्ण काफ्लेका अनुसार स्थानिय बिउबाट भएको उत्पादनले खर्च धान्न नसकेर विगत बर्षहरु बाटै हाईबृज जातको बिउ लगाउन सुरु गरेको बताउनु भयो । हाईबृजबाट उत्पादन राम्रो भएपनि स्टोरेज क्षमता कमी हुंदा समस्या आएको बताउनु भयो । खाद्धान्न बालि स्टोर गर्दा कुहिने र घुन पुतलीले बडी नोक्सान पुर्याउंदा आप्mनो प्रयोगको लागि राख्न नसकिने साथै बजार मुल्यलाई मध्यनजर राख्दै बेच्न समेत नमिल्दा समस्यामा परेको बताउनु भयो । समस्याबाट मुक्तिको लागि बिगत लामो समयबाट प्रयास गरेपनि सफल नभएको अवस्थामा सरोज सापकोटाले उपलब्ध गराएको टिएक्स ३६९नामक मकैको बिउ लगाउंदा सफल भएको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार