२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

खाल्टोमा डुवेर दुईको मृत्यु, आक्रोसित भिडले तीन डोजरमा आगजनि


२२०६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण २५, शनिबार मा प्रकाशित ४ साल अघि
  • गजुरी गाउँपालिका-६ को ठुलीफाँटस्थित दरिङगाल खोलामा बालुवा निकाल्न खनेको खाल्डोमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

    खाल्डोमा जमेको पानीमा डुबेर वडा ७ का २१ वर्षीय भीम तामाङ र २३ वर्षीय सुमन स्याङतानको मृत्यु भएको धादिङका प्रहरी नायव निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । खड्काकाअनुसार दुवै जना पौडी खेल्दै बालुवा भए नभएको परीक्षण गर्ने क्रममा डुब्न पुगेका थिए । मृतक दुवै जना खोलाबाट बालुवा निकालेर जीवन गुजारा चलाउँदै आइरहेका थिए ।

    अनियमित ढंगले डोजर प्रयोग गरी खोलाबाट बालुवा निकाल्दा खोला पोखरीमा परिणत बनेर जोखिम बढेको भन्दै आक्रोसित स्थानीयबासीले तीन ओटा डोजरमा आगजनी गरेका छन् । घट्ना स्थलदेखि झण्डै १ किलोमिटरको दुरीमा राखिएको डोजरमा स्थानीयबासीले आगो लगाइदिएको छ ।

    पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने तथा बालुवा उत्खनन गर्ने ठेकेदारलाई कानुनी कारवाही गर्नुपर्ने माग राख्दै स्थानीयबासीले अहिले घटनास्थलमै शव राखेर विरोध प्रदर्शन गरिरहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार