२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

युटुव भाईरल गरिमाको पहिलो गीत ‘कोखकी छोरी’


२८५२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण २६, आईतबार मा प्रकाशित ४ साल अघि
  • डि.ए.आर मुभिजको प्रस्तुतिमा युटुव भाईरल गायिका गरिमा हुँमागाईको पहिलो गीत ‘कोखकी छोरी’ आम दर्शक तथा स्रोता माझ आएको छ ।
    युटुवमा सुमुधुर स्वरले आम दर्शकको मन जित्न सफल भईरहेको बेला र डि.ए.आर मुभिजले नयाँ स्वर खोजिरहेको अवस्थामा उक्त टिमले गरिमालाई यो अवसर प्रदान गरेको हो ।

    हिन्दु महिलाहरुको महान चाड तिज कोशेलिको रुपमा आएको ‘कोखकी छोरी’ को शब्द कमल सरगम र परिमार्जन प्रभावन जे को रहको छ । गीतमा गरिमा हुँमागाईको साथमा अग्रज कलाकार बिमा कुमारी दुरा, नवराज घोरासाईने, उद्धव कार्कि, पार्वति कार्कि, सरोज लामिछाने र सपना कुँवरले दिएका छन् ।
    प्रभावन जे को निर्देशन रहेको म्युजिक भिडियोमा नायीका सारिका के.सी, सरोज दाहाल, प्रल्हाद खरेल, राधा श्रेष्ठ, दिप माला, विवेक चौलागाई, गोकुल दंगाल, सपना कुँवर र गणेश तिवारीको अभिनय रहेको छ ।

    गीतमा घरको कारणले तिजको समयमा माइत जान नपाउने चेलीहरुको कथा समेटिएको छ भने, कोखकी छोरी लाई बिदा गर्दाको पिडा देखाउन खोजेको छ ।
    बिग परिवेश स्टुडियोमा रेर्कड गरिएको उक्त गितमा एरेन्ज भुवन प्रकाश बडु र मिक्सिङ जिवन बडुले गरेको छन् । रोनिश तामाङको छायाँकन रहेको भिडियोमा नविन भट्टको सम्पादन, राजाराम गौतमको कला, शर्मिला सुनारको मेकअप रहेको छ । डि.ए.आर मुभिजको यो माईत जाम पछिको दास्रो तिज कोशेली हो । डि.ए.आर.मुभिजले नयाँ अवसर दिएको र यस्तै नयाँ प्रतिभा तथा पुराना सर्जकहरुलाई समेटेर काम गर्दै आईरहेको व्यवस्थापक राजाराम गौतमले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार