२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बजेटको व्यवस्था भए तत्काल २५ मिटर खाली गर्छौं – खरेल


२७३३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण २८, मंगलबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    पाँचखाल-पाँचखाल नगरका प्रमुख (मेयर) महेश खरेलले सडकका छेउ—छाउमा रहेका स्थानियले घर वनाउदा निर्माण सामाग्री सडकमै राख्दा सडक विग्रीएको बताउदै घर निर्माणको क्रममा सडक विगार्नेहरुलाई सडक मर्मत कार्यमा सहभागी गराउने बताउनु भयो ।
    अन्तराष्ट्रिय युवा दिवसको अवसरमा पाँचखाल नगरपालिका वडा नं ६ स्थित तिनपिप्ले युवा क्लबको आयोजनामा “राष्ट्र निर्माणमा युवाको सहभागिता” बिषयक अन्तक्र्रिया कार्यक्रमका प्रमुख अतिथि खरेलले थप्नुभयो पाँचखाल नगर भौगोलिक रुपमा ठुलो तर बजेट कम हुंदा धेरै काम गर्न नसकेको बताउनु भयो ।

    सहभागिहरुको प्रश्नको उत्तर दिदै प्रमुख अतिथि खरेलले भन्नुभयो “दुव्र्यसनि विश्वमै छ” । पाँचखाल नगरले नार्कोन नेपालसंग समन्वय गरी विद्यालयहरुमा चेतना मुलक कार्य गर्ने तयारी गरेका छौं । पछिल्ला बिभिन्न घटनाहरुलाई अध्ययन गर्दा छोरीहरु नजिकका मान्छेहरुसंग जोगिनु पर्ने बताउनु भयो । महिलाहरुको हितको लागि नगरले स्वरोजगार तालिमको व्यवस्था गरेको बताउंदै नगरका १३ वटै वडामा तालिमको लागि २ लाखको दरले बजेट व्यवस्था गरेको बताउनु भयो । वडामा ७० लाख मात्रै बजेट रहेपनि सो रकमबाट धेरै कामहरु भएको वताउनु भयो ।

    कार्यक्रममा प्रमुख अतिथि खरेलले भन्नुभयो पाँचखाल नगरलाई गाँजा मुक्त नगरको रुपमा परिचित गराउने उद्देश्यले प्रहरीसंग समन्वय गरी नगरका बिभिन्न स्थानमा रहेको गाँजा फडानी गर्ने तयारी गरेको बताउनु भयो । अपाङ्ग भएकाहरुको लागि नगरले सक्दो सहयोग गर्ने बताउंदै ह्वील चेयरमा हिड्नु पर्ने अवस्थाको बिष्णु गौतमलाई नगरको पहलमा घर वनाई दिएको बताउनु भयो । गौतमको घर निर्माणको लागि सडक मापदण्डको समेत वास्तै नगरी २५ मिटर भित्रै घर निर्माण गरीदिएको बताउनु भयो ।

    सहभागिहरुको प्रश्नको उत्तर दिदै मेयर खरेलले पाँचखाल नगरमा रहेको अरनिको राजमार्गमा सडकको मापदण्ड अनुसारको कार्य गर्न पहल गरेको बताउनु भयो । सडक बिभागले सडक विस्तारको लागि आवश्यक बजेटको व्यवस्था गरे केहीदिनमै सडक मापडण्ड अनुसारको २५÷२५ मिटर खालि गर्ने बताउनु भयो । अरनिको राजमार्गमा टिपरको आतंक भएकोले प्रहरीसंग समन्वय गरी टिपर आतंङ्कलाई बन्द गर्दै व्यवस्थित ढगबाट संञ्चालन गर्ने वातावरण तयार गर्ने बताउनु भयो ।

    कार्यक्रममा पाँचखाल वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालले सहभागिहरुको प्रश्नको उत्तर दिदै तिनपिप्ले बालुवा सडक बन्दै गरेको बताउंदै विगतमा कालोपत्रे भइसकेको सडक केही ठाउंमा विग्रीएकोले तत्कालै मर्मत हुने बताउनु भयो । स्थानिय स्तरमा हुने धेरै झगडा मदिराकै कारणले हुने गरेकोले मदिरा नियन्त्रणको लागि पहल गरेको बताउंदै वडाको केहि स्थानमा जुवा, तास र पोटको खेलबाड हुने गरेकोले नियन्त्रण गर्नको लागि प्रहरीसंग समन्वय गरेको बताउनु भयो ।

    कार्यक्रममा पाँचखाल प्रहरी चौकी प्रमुख (प्र.ना.नि) शिव प्रसाद पराजुलिले अरनिको राजमार्गमा संञ्चालन हुने १ हजार ४ सय टिपर मध्य १ सय मात्रै राम्रा चालक भएको बताउनु भयो । चौकिमा थोरै जनशक्ति भएपनि कुनै पनि प्रकारको घटनामा तत्काल प्रहरी पुगी सेवा दिने गरेको बताउनु भयो । पाँचखालमा सुरक्षाको अवस्था मजवुत पार्ने बिषयमा आफुहरु सकृय ढंगबाट अगाडी बढेको र जुन कार्यको लागि स्थानियबाट साथ सहयोग पाएको बताउनु भयो ।

    त्यसैगरी सुनिल लुईटेलको पस्नको जवाफ दिदै आजाद माविका सह—प्रधानाध्यापक सरोज ढुंगानाले सरकारी विद्यालयहरुमा शिक्षाको गुणस्तर विगतको तुलनामा सुधार हुदै आएको बताउनु भयो । समयको माग अनुसारको अंगे्रजी शिक्षालाई प्राथमिकता दिदै अगाडी बढेको बताउनु भयो । नवप्रतिभा माविका प्रिन्सिपल सरोज न्यौपानेले पाँचखालमा रहेको एउटै मात्र शैक्षिक गुठि विद्यालयमा आधुनिक शिक्षा दिदै आएको र सो को बिषयमा नगरले सहयोग गर्नुपर्ने बताउनु भयो ।
    तिनपिप्ले युवा क्लबका अध्यक्ष सरोज धितालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्र संञ्चालन सुमित्रा श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा स्थानिय युवाहरु साथै नवप्रतिभा माध्यमिक विद्यालयबाट विद्यार्थिहरु समेतको सहभागिता रहेको थियो । विद्यार्थिहरुले गुणस्तरीय शिक्षा, खेलकुद सामाग्री,छात्र बृत्ति, पुस्तकालय लगाएतको बिषयमा प्रश्न गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार