२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा दुई दिन सार्वजनिक बिदा


३३६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण २९, बुधबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल-पाँचखाल नगरपालिकाले रक्षाबन्धन एवं जनै पुर्णीमाको अवसरमा दुई दिन सार्वजनिक विदा दिने भएको छ ।

    मंगलबार नगरपालिकाको बैठकबाट जनैपुर्णीमाको दिन र गाई जात्राको दिन समेत गरी दुई दिन विदा दिने निर्णय भएको हो । नगरको निर्णय अनुसार ३० गते विहिबार ३१ गते शुक्रबार बिदा दिने भएको छ । नगरको निर्णयमा, नगरभित्रको सम्पुर्ण सरकारी कार्यालय र शिक्षण संस्था बिदा गर्ने उल्लेख भएको छ, जसका कारण सेवा ग्राहिहरुले आईतबार मात्र सेवा लिन पाउने छन् ।

    नगरले दिएको लगातार दुइ दिनको बिदा र शनिबार समेत गरी तीन दिन पाँचखाल नगरका कार्यालयहरु बन्द हुने भएको छ । त्यसैगरी तेमाल गाँउपालिकाले भने रक्षा बन्धनको दिनमात्र एक दिन बिदा दिने भएको छ । तेमालको नारायणस्थान मन्दिरमा जनैपुर्णाीमाको दिन ठुलो मेला लाग्ने भएकोले एक दिन बिदा दिने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार