२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

विषादी ऐनले विषादी परीक्षणको समस्या अन्त्य गर्छ -मन्त्री खनाल


१९३० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ३०, बिहिबार मा प्रकाशित ४ साल अघि
  • कृषि तथा पशुपन्क्षी मन्त्री चक्रपााणी खनालले सरकारले छिट्टै विषादी चेँकजाँच ऐन ल्याउन लागेको बताउनु भयो । उहाँले थप्नुभयो ऐन आएसँगै तरकारी तथा खाद्यान्नमा विषादीको समस्या अन्त्य हुने छ ।
    काठमाडौमा सुरु भएको यशियन कृषि सम्मेलन तथा प्रदशनीको उत्घाटन गर्दै मन्त्री खनालले मुलुकको कृषि क्षेत्रको विकासका लागि अर्गा्निक र आधुनिक परियोजनाहरु ल्याइएको भन्दै अबको १० बर्षमा नेपालको कृषिले फड्को मार्ने दावी गर्नुभयो ।
    कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्नु हुँदै मन्त्री खनालले उत्पादन क्षेत्रमा काम गर्न सक्ने ४० लाख जनशक्ति मुलुकबाहिर रहेको भन्दै यूवाहरुलाई नेपालमै फर्काएर काम दिन सक्नुपर्ने जोड दिनुभयो । कार्यक्रममा बोल्दै मन्त्री खनालले २१ देखि ३५ बर्षका यूवाहरुलाई स्वदेशमै खपत गर्न सक्ने तागत मुलुकले नबनाएसम्म कृषि क्षेत्र सुर्धान नसकिने बताउनुभयो ।
    मन्त्री खनालले नेपालको कृषि क्षेत्रको बर्तमान अवस्था हेर्दा पञ्चांयत कालिनभन्दा पनि खतम भएको भन्दै विज्ञहरुले गरेको अनुसन्धान किसानसम्म पुर्याउन सकेमात्र कृषि क्षेत्र सुधार हुने दावी गर्नुभयो । जति अनुसन्धानहरु भएका छन्न् ति अग्रजी भाषामा छन्खेती किसानी गर्ने किसानले बुझ्ने भाषामा अनुसन्धानका ज्ञानहरु पुर्याउन नसक्दा धेरै समस्या आएको भन्दै सरकारले आजसम्म भएका अनुसन्धानलाई किसानले बुझ्ने भाषामा पुर्याउन लागेको मन्त्री खनालले बताउनुभयो ।

    मन्त्री खनालले किसानहरु अनुसन्धान केन्द्रमा समेत जानै नसकेको भन्दै सातै प्रदेशमा किसान आभाष परियोजना ल्याइएको बताउनुभयो । मुलुकमा २ लाख ८० हजार जनसंख्या भएको मुलुकमा ३ करोड ७ लाख कित्तामा जग्गा टुक्राटुक्रा भएको भन्दै जमिनको खण्डिकरण पनि कृषि क्षेत्रको समस्या रहेको बताउनुभयो ।

    कार्यक्रममा अबको कृषिलाई आधुनिकीकरण प्राज्ञारिक र अग्रानिक तरिकाले गर्नका लागि छुट्टा छुट्टै योजना बनाइएको बताउनुभयो । तराई क्षेत्रमा अत्याधुनिक परियोजना ल्याइने र कर्णाली जस्ता अहिलेसम्म विषादी र रासायिनिक मल प्रयोग नभएको क्षेत्रमा अर्गा्निक उत्पादनको योजना अगाडी बढाइएको बताउनुभयो । मुलुक भित्रने तरकारीहरुको विषादी परीक्षण नरोकिने बताउँदै तत्काल अहिले अन्तराष्टिय स्तरको ल्यायव भने संभव नभएको बताउनुभयो ।

    विषादीको समस्या समाधान गर्न सरकारले विषादी चेंक जाँज ऐन ल्याउन लागेको भन्दै मन्त्री खनालले ऐन आएपछि समस्या समाधान हुने बताउनुभयो । अहिले पनि विषादी परीक्षणका तीनवटा ल्यावको लागि बजेट छुट्याइएको बताउँदै मन्त्री खनालले अबको आठ महिना भित्र अन्तराष्टिय स्तरका ती परीक्षण केन्द्रहरु स्थापना गरिसकेपछि विषादी परीक्षणका धेरै जसो समस्याहरु समाधान हुनेमा जोड दिनुभयो ।

    मनत्री खनालले यूवाहरुको बढ्दो विदेश पलायनका कारण ४२ प्रतिशत जमिन बाँझो हुन पुगेको बताउँदै सरकारले अर्गा्निक र आधुनिकिकरण योजनाबाट १० बर्षमा मुलुकको कृषि क्षेत्रको समस्या समाधान गरिने बताउनुभयो ।
    कार्यक्रममा भारतीय दुतावासका प्रतीनीधि डा अजय कुमारले बोल्नुहुँदै नेपाललाई अर्गा्निक उत्पादनको लागि भारत सरकारले सकेको सहयोग गर्नेमा जोडदिनुभयो । अहिले विश्व बजारमै अर्गा्निक उत्पादनको माग उच्च रहेकाले नेपालले त्यो अवशरबाट फाइदा लिन सक्नु पर्नेमा डा. कुमारले जोड दिनुभयो ।

    कार्यक्रममा सांसदहरु शान्ता मानवी, एनपी साउद लगायतले सिंचाई दक्ष, उन्नत जातको विउ विजन, रासायिनिक मल, दक्ष जनशक्तिको परिचालनबाट कृषिमा क्रान्ती ल्याउन सक्नेमा जोड दिनुभयो । वक्ताहरुले मुलुकको ७४ प्रतिशत जनता कृषि पेशमा आवद्ध भएपनि मुलुकलाई पुग्ने उत्पादन गर्न नसक्नु दुखद् भएको भन्दै कृषिलाई व्यवस्थित गर्न ढिला भएको बताउनुभयो ।
    अन्न उब्जाउने मान्छे नै भोको रहनु दुखद भएको भन्दै कार्यक्रममा सरोकारवालाहरुले कृषि क्षेत्रमा लागेका किसानहरुलाई विभिन्न राहत र सहुलियत दिएर उत्पादनमा जोड्न सक्नुपर्ने धारणा थियो ।

    कार्यक्रमा फेरएच नेपालले आयोजना गरेको हो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापती लोकराज अवस्थीले यूवाहरुलाई कृषि क्षेत्रमा आकर्षण गर्न सम्बनिधत निकाय गंभिर हुन जरुरी रहेको बताउनुभयो । यूवा शक्तिलाई कृषिमा भविष्य छ भनेर देखाउन सके यूवाहरु विदेशमा नजाने भन्दै यूवाहरुलाई जागरण गर्न जरुरी रहेको अवस्थीले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार