२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेकपा सचेतक ढकालको निवासमा बम विस्फोट


२२४८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ३१, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ का सचेतक भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ ।

    ढकालको सैनामैना नगरपालिका–७ स्थित निवासमा गएराति ३ वटा बम विस्फोट गराइएको हो । इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी भीमलाल भट्टराईले ढकालको निवासमा गएराति बम विस्फोट भएको पुष्टि गरे ।

    बम ढकाल, उनका बाबुआमा सुत्ने कोठा र उनले प्रयोग गर्दै आएको लु १ ज ४५६ नम्बरको कारलाई लक्षित गरेर गराइएको प्रहरीले जनाएको छ । विस्फोटबाट कारको पछाडिको भागमा सामान्य क्षति पुगे पनि कोठामा भने क्षति भएको छैन । प्रहार गरिएको बम विस्फोट नभएकाले कोठामा क्षति नभएको बताइएको छ ।

    विस्फोटको समयमा ढकालका बाबा–आमा र पत्नी घरमा सुतिरहेका थिए । सचेतक ढकाल भने घरमा थिएनन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी केही समयदेखि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् ।

    प्रमुख सचेतक ढकाल प्रदेशसभाको गाडी खरिद अनियमितता प्रकरणमा मुछिएका पात्र हुन् । बाइक चढेर आएका ३ जना बम हानेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । यद्यपि, उनीहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ । डीएसपी भट्टराईलेले घटनाबारे  थप अनुसन्धान भइरहेको अनलाइनखबरलाई बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार