२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विप्लवका कार्यकर्ता नेकपामा प्रवेस


२४१० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ३२, शनिबार मा प्रकाशित ४ साल अघि
  •  सरकारद्वारा प्रतिबन्धित नेकपा (विप्लब समूह), काभ्रेका कार्यकर्तााहरु सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । प्रवेश हुने विप्लब कार्यकर्ताहरुलाई नेकपा काभ्रेका अध्यक्ष रुकु चौंलागाईं र प्रदेश ३ का सदस्य तेजबहादुर मिजारले प्रवेश गराएका हुन् ।
    प्रवेश हुनेहरुमा विप्लब समूहसँग आबद्ध शहिद बेपत्ता परिवार जिल्ला समितिका सदस्य सुन्दर रायमाझी (पनौती–४), दलित मुक्ति मोर्चा, काभ्रेका जिल्ला सदस्य नकुल परियार (पनौती–६), कार्यकर्ताहरु अनिल रायमाझी (पनौती–४) र नरेन्द्र तामाङ (पाँचखाल–८) रहेका छन् ।
    जिल्ला पार्टी कार्यालय बनेपामा एक कार्यक्रमका बीच उनीहरुलाई प्रवेश गराएका थिए । पार्टी प्रवेश गरेपछि उनीहरुले विप्लबले बाँकी क्रान्तिको कार्यभार पूरा गर्ने विश्वास लागेर त्यसमा लागेको तर अब परिस्थिति त्यस्तो नदेखेकोले पार्टी प्रवेश गरेको बताए । आफूहरुले अबको परिवर्तन शान्तिपूर्ण तरिकाले मात्र सम्भव देखेको समेत उनीहरुले प्रष्ट पारेका छन् ।
    यस अघि उनीहरुलाई प्रहरीले विभिन्न स्थानबाट गिरफ्तार गरि हिरासतमा राखिएको थियो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार