२०८० जेष्ठ १४, आईतबार | Sun, 28, May, 2023

बनेपा नगरका सव–इन्जिनियर अख्तियारको फन्दामा


११५८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र १, आईतबार मा प्रकाशित ३ साल अघि
  • बनेपा । काभ्रेको जेठो नगरको रुपमा रहेको बनेपा नगरपालिका वडा नं–११ मा (करारमा) कार्यरत सव–इन्जिनियर आकाश श्रेष्ठलाई लाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

    काभे्रको बनेपामा केही दिन अगाडी बर्दीका ट्राफिक प्रहरीलाई पक्राउ गरेपछि काभे्रको कमी कमजोरीका बिषयमा अलि चनाखो बन्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सव—इन्जिनियर श्रेष्ठलाई पक्राउ गर्न सफल भएका छन् ।

    श्रेष्ठले २०७२ सालको भूकम्पले पूर्ण क्षति भएको घर निर्माणको लागि सरकारले प्रदान गरेको राहतको किस्ता रकम निकासीको लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

    वडा नं. ११ मा कार्यरत श्रेष्ठले सेवाग्राहीसँग २५ हजार घुस वापतको रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई बनेपा नगरपालिका वडा नं–८ नाला दोबाटोस्थित द किचन भान्साघरबाट रंगेहात पक्राउ गरेको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार