२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नक्कलि उजुरी दिनै आफै प्रहरी फन्दामा


२२२७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । अज्ञात व्यक्तिले १६ लाख रुपैयाँ लुटेको कपोकल्पित घटना बनाई प्रहरीमा उजुरी दिने एक भारतीय नागरिक आफै प्रहरीको फन्दामा परेका छन् । आफैले नगद लुकाएर प्रहरीमा उजुरी गर्ने डल्लु बस्ने भारतको विहारका २२ वर्षीय मनोज कुमार साहलाई पक्राउ गरेको हो ।

    साहले राजधानीको न्यूरोडबाट १६ लाख रुपैयाँ लुटिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । साहले काठमाडौं महानगरपालिका–२२, न्यूरोडमा माक्स लगाएका २ जनाले मोटरसाइकलमा आएर नगद १६ लाख लुटी लगेको खबर महानगरीय प्रहरी परिसरमा दिएका थिए । तत्काल परिसरबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा त्यस्तो कुनै घटना नभएको र आफैले उक्त रकम लुकाएको पुष्टि भएको थियो ।

    अनुसन्धानका क्रममा सहले नै रकम लुकाएको तथ्य प्रहरीले फेला पारेको थियो । साहमाथि अनुसन्धान गर्दा उनले गोयल कम्पनीमा तीन महिनादेखि रकम लिएर कम्पनीको खातामा रकम जम्मा गर्दै आइरहेका थिए । ठगी गर्ने नियतले उक्त रकम बैंकमा जम्मा नगरी आफैंले राख्न खोजेको खुल्न आएको परिसरले जनाएको छ । प्रहरीले साहको कोठाबाट उक्त नगद बरामद गरेको छ । यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार