२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेकपाको एकता घोषणा काभे्र मात्रै बाँकी


२४०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २, सोमबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेका अध्यक्ष रुकु चौंलागाई (रचना) ले काभ्रे जिल्लामा पार्टी एकता नहुनुको कारण गुट–उपगुट रहेको बताईन् ।  नेकपा निकट निर्माण व्यवसायीहरुको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष रचनाले पार्टी भित्र पार्टीहरु बनेकोले एकता हुन नसकेको खुलुसा गरेकी हुन् ।

    ‘पार्टी भित्र पनि पार्टी बनेकोले एकता हुन सकेका छैन । पार्टी भित्र एमाले र माओवादीनै बन्ने तिर लागेको देखिन्छ ।’ रचनाले भनिन्, ‘अर्को कारण पार्टीका नेताहरु नै जनप्रतिनिधि भएकोले उहाँहरुले समय दिन सकेन । अनि पार्टी एकतालाई सार्थक बनाउन सकेनौं ।’ कार्यक्रममा अध्यक्ष रचनाले सत्ता र पार्टी बिचमा खाडलको सिर्जना हुँदै गएको खुलासा गरिन् ।

    पार्टी एकता भएको १४ महिना वितिसक्दा पनि माउपार्टी एकता हुन नसकिरहेको अवस्थामा निर्माण व्यबसायी संगठनले एकता घोषणा गरेको बताउँदै यो एकताले पार्टी एकतामा समेत दबाब महासुस भएको बताईन् । ‘पार्टी एकता हाम्रो पहिलो आबश्यलता हो ।’ उनले भनिन्, ‘पार्टी बन्ने बनाउने क्रममा पार्टी एकताको लागि यो एकता घोषणाले महत्वपूर्ण भुमिका खेलेको छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार