२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

प्रमुखहरूको विदेश भ्रमणमा लगाम लगाऔं,व्याञ्जु


२३३४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र ३, मंगलबार मा प्रकाशित ५ साल अघि
  • नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जुले नगर प्रमुखहरूको विदेश भ्रमणमा लगाम लगाउनु पर्ने बताएका छन् । नगर प्रमुखलाई वर्षमा एउटा देशमा दुई पटकभन्दा बढी जान नदिने व्यवस्था गर्न सकिने उनको सुझाव छ ।

    गैरसरकारी संस्थाको निमन्त्रणामा विदेश जान लागेका केही नगर प्रमुखहरूको विदेश भ्रमण आफूले रोकेको समेत अध्यक्ष व्याञ्जुले जानकारी दिए ।

    यद्यपि नगर प्रमुख वा अन्य जनप्रतिनिधिहरू विदेश भ्रमण जानुलाई आफैमा गलत हो भनेर व्याख्या गर्न भने नहुने व्याञ्जुको भनाइ छ ।

    धुलीखेल नगरपालिकाको प्रमुखसमेत रहेका उनले नगरपालिकाहरूको अन्तर्राष्ट्रिय मञ्चमा अनुभव आदानप्रदान गर्न जानुलाई सकारात्मक रुपमा लिनुपर्ने बताए । अनुमति नलिइ र नगरपालिकाको खर्चमा विदेश जानेलाई भने कारवाही गर्नु पर्नेमा उनको जोड थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार