२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

घुस सहित मालपोत अधिकृत झ्याप


२४४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र ४, बुधबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल-पछिल्लो समयमा आएर मालपोत कार्यालयमा सेवाग्राहिहरुले घुस नदिए कामै नहुने भन्ने हल्ला आईरहेको समयमा जिल्ला मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर घुससहित समातिएका छन् ।

    नियम संगत लाग्ने राजश्वमा क मगर्ने साथै पालोमा नवसि जग्गा पास गरिदिने सर्तमा सेवा ग्राहिसंग ५९ हजार रुपैयाँ घुस लिँदालिँदै कुँवर समातिएको नवशंकेत आनलाईनलाई जानकारी प्राप्त भएको छ ।

    विना घुस कामै नगर्ने भएपछि सेवाग्राहीले दिएको सूचनाको आधारमा अख्तियारको पोखरा कार्यालयको टोलीले मुस्ताङचोकबाट कुँवरलाई घुस दिँदै गर्दा समातेको हो । घुस नपाए सम्म बिभिन्न बाहाना बनाउंदै अधिकृत कुँवरले जग्गा पास सम्बन्धी फाइल लुकाइदिने, ढिला गरिदिने गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार