२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अहिलेसम्मकै ठूला भ्रष्टाचारीलाई झ्याप पार्दै


२०६९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र ४, बुधबार मा प्रकाशित ४ साल अघि
  • बनेपा-पछिल्लो समयमा आएप विकास निर्माण कार्य लगायत हर क्षेत्रमा भ्रष्टाचार हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियताका साथ कार्य गर्ने तयारी गरेको जानकारी प्राप्त भएको छ ।

    अख्तियारले सानालाई मात्र पक्रने ठुलालाई वास्तै नगर्ने जन गुनासो आउदै गर्दा खरो ढंगबाट उत्रिएर ठुलालाई झ्याप पार्ने तयारी गरेको जानकारी प्राप्त भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन् ।

    अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारीहरू सार्वजनिक हुने प्रमुख आयुक्त घिमिरेको दाबी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार