२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

चिनबाट हजार बिद्यार्थी नेपालमा पढ्न आउने


२०७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र ७, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौ-शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धी नयाँ पाठ्यक्रममा बनाएपछि चिन सरकारले चासो व्यक्त गरेको छ ।

    चाईनाको China Dialectical associations का अध्यक्ष तथा बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर प्रो लिउ सिआओ थिङले शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसंग भेटगरी योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी बिषय अध्ययनको लागी चिन सरकारले बार्षिक १ हजार बिद्यार्थी पठाउने ईच्छा व्यक्त गर्नुभएको छ । नेपाल सरकारसंगको सहमतिमा बार्षिक १ हजारको संख्यामा बिद्यार्थी पठाउन चिन सरकार तयार रहेको प्रोफेसर थिङले जानकारी दिनुभयो ।

    काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा जारी माक्र्सवाद र एसियाली दर्शन अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन आउनुभएका प्रोफेसर थिङ मन्त्री पोखरेल भेट्न आज सिहंदरबार स्थित मन्त्रालय आउनुभएको थियो ।
    भेटको क्रममा नेपाल योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धि अध्ययन गर्न उपयुक्त देश भएकोले आफुहरु सहयोग गर्न तयार रहेको थिङले प्रष्ट पार्नुभयो । China Dialectical associations चीन सरकारको उच्च तहको निकाय हो ।

    भेटको क्रममा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी पाठ्यक्रम आफ्नो चासोको बिषय भएकोले तुरुन्तै आवश्यक छलफल र तयारी गरि पाठ्यक्रम लागू गर्ने बताउनुभयो । China Dialectical associations र चिन सरकारलाई धन्यवाद ज्ञापन गर्दै सहकार्य को अपेक्षा गरिएको बताउनुभयो । मन्त्री पोखरेलले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी बिषय देशको अहिलेको आवश्यकताको बिषय भएको प्रष्ट पार्दै गुणस्तरीय शिक्षा दिने विश्वास दिलाउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार