२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्नेलाई प्रहरीले झ्याप


३८७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र ८, आईतबार मा प्रकाशित ४ साल अघि
  • पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई सामाजिक सञ्जाललार्फत गाली गलौज गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नं ७ खजानी घर भएका २५ बर्षका सन्नीकुमार गुप्तालाई पक्राउ गरिएको हो ।

    उनी कंकाली अटो ट्रेडर्सका सञ्चालक हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई गाली गलौज गरेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार