२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बिन्धवासिनीको समुह संयोजक भेला सम्पन्न


३१३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र ८, आईतबार मा प्रकाशित ४ साल अघि
  • सबल, सुरक्षित र दिगो वित्तीय सहकारी संस्थाको दूरदृष्टिका साथ काभ्रे जिल्ला भर कार्य क्षेत्र रहेको बिन्धबासिनी वचत तथा ऋण सहकारी संस्था लि.को क्षेत्रिय अन्तर समिति कार्यालयहरुको सदस्य विस्तारित एवं समुह संयोजकहरुको भेला आज छ वटै कार्यालयहरुमा एकै दिन सम्पन्न भएको छ । क्षेत्रीयअन्तर समिति खोपासीमा सचिव सुमन हुमागाई, बनेपमा संयोजक मोहन प्रसाद होमागाई, पनौतीमा संयोजक रमेश प्रसाद जंगम, ढुंखर्कमा संयोजक भिमसेन तिमल्सिना, पाँचखालमा संयोजक गणेश प्रसाद पराजुली र भकुण्डेमा संयोजक श्यामकृष्ण श्रेष्ठकोको सभापतित्वमा भएका थिए भने उक्त कार्यक्रमहरुमा प्रमुख आतिथ्यता खोपासीमा संचालक गोविन्द प्रसाद अधिकारी, बनेपा संचालक डोरेन्द्रराज सापकोटा, पनौतीमा उपाध्यक्ष भिमसेन प्रसाद सापकोटा, ढुंखर्क कोषाध्या शान्तकुमार श्रेष्ठ, पाँचखालमा सचिव रामशरण भण्डारी र भकुण्डेमा संचालक भिम वहादुर के.सीले गर्नुभएको थियो ।

    संस्थाका विभिन्न समिति, उपसमिति, कर्मचारी तथा समुह संयोजक एवं प्रतिनिधिहरुको सहभागितामा भएको उक्त कार्यक्रममा संस्थाले सदस्यता केन्द्रियता सुचकांक अनुसार आफ्नो संस्थाका सदस्यहरुलाई संस्थाका नीति, नियम, कार्यविधि एवं संस्थाका भावि कार्यक्रमहरुको बारेमा छलफल एवं गर्नुपर्ने सुधारको बारेमा जानकारी गराईंएको थियो ।

    कार्यक्रममा क्षेत्रीय कार्यालयहरुको गतआ.ब ०७५÷०७६ मा भएका आर्थिक प्रगति, चालु आ.ब एवं आगमी आ.ब. ०७७÷०७८ को लक्ष्य एव भावीकार्यक्रमको बारेमा कार्यालय व्यवस्थापकहरुले जानकारी गराएका थिए भने केन्द्रीय कार्यालयको एकमुष्ट प्रगतिको जानकारी केन्द्रीयकार्यालयबाट प्रतिनिधित्वगर्ने कर्मचारी जानकारी प्रस्तुत गरेका थिए । संस्थाले गतआ.ब ०७५÷०७६ मा ३३ हजार चार सय ४८ सदस्य, एक हजार पाँच सय ७७ वटा समुह, सात हजार एक सय २५ शैक्षिक बालबचत कर्ता, ४० हजार चाँच सय ७३ कूल सेवाग्राही पु¥याउन सफलभ एको छ भने २८ करोड नौ लाख ३६ हजार शेयर पुँजी, एक अर्ब ९४ करोड ९८ लाख १४ हजार बचत÷निक्षेप,दुई अर्ब नौ करोड दुई लाख १३ हजार ऋण लगानी गरी आ.व. २०७५÷०७६ को कुल संचित बचत(नाफा) नौ करोड ८९ लाख १५ हजार आर्जन गर्न सफल भएको कुल सम्पत्ति दुई अर्ब ६० करोड १३ लाख १२ हजार पु¥याउन सफल भएको उक्त कार्यक्रमहरुमा जानकारी गराईएको थियो ।

    उक्त भेलाहरुबाट चालु आ.व.को क्षेत्रगत संशोधित बजेट तथा कार्यक्रम र आगामी आ.व. २०७७÷७८ को अनुमानित बजेट तथा कार्यक्रमहरु पारित गरी संचालक समितिमा पेश गर्ने समेत प्रस्ताव पारित गरिएका थिए । उक्त कार्यक्रममा संस्थाको आगामी २६औं वार्षिक साधारण सभा २०७६ असोज ३ गते बनेपा, पाँचाखल र ढुंखर्क र २०७६ ४ गते खोपासी, पनौती र भकुण्डेमा बस्ने जानकारी गराइएका थिए भने संस्थाको संशोधित नीति नियम र विद्यमान नीति नियमको जानकारी गराउनुका साथै नीति नियमहरु र संचालित कार्यक्रमहरु समय सापेक्ष सुधार गर्न राय सुझाव समेत संकलन गरिएका थिए ।

    उक्त कार्यक्रमा मोवाइल एप्स सेवाको प्रभावकारिता तथा प्राप्त हुने फाईदाहरुको जानकारी गराई समुहका सदस्यहरुलाई मोवाईल बैकिङ सेवा लिन प्रोत्साहन गर्ने, एटिएम सेवा सम्बन्धी जानकारी गराई समुहका सदस्यहरुलाई मोवाईल बैकिङ सेवा लिन प्रोत्साहन गर्ने, पशु विमा र वाली विमा कार्यक्रम र सो मा प्राप्त हुने अनुदान र जोखिम न्यूनीकरण सम्बन्धमा समुहका सदस्यहरुलाई स्पष्ट जानकारी गराई पशु विमा र बाली विमा गर्न सदस्यहरुलाई प्रोत्साहित गर्ने, लघुवित्त समुहका सदस्यहरुलाई व्यवसायी बनाई सक्रिय सदस्यको रुपमा पहिचान गर्ने र लघुवित्त ऋण लिन प्रोत्साहन गर्ने , संस्थाको सदस्य राहत सुविधा र लघु जीवन विमा कार्यक्रम, रेमिटेन्स सेवा संस्थाबाट लिन प्रोत्साहन गर्ने, किसान २ मा आवद्ध कृषक समुहका सदस्यहरुलाई सम्पूर्ण कारोबार संस्था मार्फत गरी व्यवसायिक तरकारी खेती गर्न प्रोत्साहन गर्ने र आवश्यकता अनुसार ऋण सुविधा लिई थप व्यवसायिक हुन प्रेरित गर्ने, संस्थाबाट संचालित विभिन्न बचत कार्यक्रममा सहभागिता हुने र विशेष गरी धन सिर्जना हुने र उमेर, पेश र आयश्रोत अनुसार उपयुक्त बचत कार्यक्रममा सहभागी भई बचत गर्ने बानीलाई अझ प्रवद्र्धन गर्ने प्रत्येक समुहले समुह सक्रियताका लागि स्थानीय क्षेत्रमा सामाजिक तथा सामुदायिक कार्यक्रम संचालन गरी संस्थाको उपस्थितिलाई अझ प्रभावकारी बनाउने सदस्य विस्तारित भेला र समुह संयोजक भेलाबाट पारित गरिएको संस्थाले जनाएकोछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार