२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखाल नगरले पाँचहजारमा काम गराउंछ कर्मचारीलाई


३७४७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र १०, मंगलबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल-सरकारले न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैंया तोकेपनि मासिक ५ हजारमा काम गर्न बिवस छन् नगरका कर्मचारी । प्राईभेट फर्म, व्यक्तिगत व्यवसाय संञ्चालन गर्नेहरुले समेत सरकारी नीति अनुसार कार्य गरी रहेको अवस्थामा नगरको कर्मचारीकै श्रम शोषण भईरहेको छ ।

    पाँचखाल नगरपालिका वडा नं ६ को कार्यालयमा कार्यालय सहयोगिको रुपमा २०७५ साल श्रावन १ गते नियुक्ति भएकी सोभा के.सीले मासिक रुपमा ५ हजार तलव बुझ्दै आएकी छन् । आफ्नो नगरमा रहेको व्यक्तिगत तथा साझेदारी व्यवसाय संञ्चालन गर्नेहरुले श्रमिकले पाउनु पर्ने न्यूनतम पारीश्रमिक पाए नपाएको अनुगमन गरी श्रम शोषण हुन नदिनु पर्ने निकाय आफैले श्रम शोषण गर्दा समेत सम्बन्धित निकाय मौन रहेको छ ।

    स्नातक सम्म अध्ययन गरेकी के.सीले बेरोजगारीको कारण वडा कार्यालयमा कार्यालय सहयोगिको रुपमा काम गर्न बिवस भएकी हुन् । विहान ९ बजे कार्यालयमा पुगेर सरसफाई सहितको सवै व्यवस्थापन गरेपछि कार्यालयमा आउने सेवाग्राहीको काम चार किल्ला प्रमाणित, घरवाटोको सिफारीस, दर्ता चलानि, सिफारीस लेख्ने लगायतको कार्यालयबाट सेवाग्राहिलाई दिनुपर्ने सवै काममा निपुन छिन् ।

    कर्मचारीलाई पारिश्रमिक कम दिएको बिषयमा वडाका वडाअध्यक्ष रामशरण दुलालसंग सम्पर्क गर्दा स्थानिय निर्वाचन हुनु भन्दा अगाडी वडा कार्यालयको कार्यालय सहयोगिलाई मासिक ३ हजार लिदएर कार्य गराएको बताउनु भयो । पहिलाको कार्यालय सहयोगिले काम छाडेपछि २०७५ साउन १ गते नियुक्ति गरेको सोभाले कार्यालय सहयोगिको काम साथै सेवाग्राहीको कुनैपनि काम गर्न सघाउने भएकोले मासिक ५ हजारमा काम गराएको बताउनु भयो । उहाँले थप्नुभयो नगरमा रहेका अन्य कर्मचारीले श्रमिकले पाउनु पर्ने न्यूनतम पारीश्रमिक भन्दा वढीनै तलब बुझेको अवस्थामा मेरो वडामा रहेको कार्यालय सहयोगीलाई भने मासिक ५ हजार मात्रै भएकोले पटक पटक नगरपालिकामा कुरा उठाउंदा समेत सुनुवाई हुन नसकेको बताउनु भयो ।

    त्यस्तै नगरमा रहेको धेरै जसो आधारभुत विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्नेहरुको समेत श्रम शोषण भएको धेरै उदाहरणहरु रहेका छन् । उदाहरण स्वरुप पाँचखाल वडा नं ६ मा संञ्चालन भएको झिंगना देवि आधारभुत विद्यालयमा कार्यालय सहयोगीको रुपमा ६ बर्ष देखि काम गर्दै आएकी मालति दनुवारले बार्षिक ५२ हजारमा काम गर्न बिवस छिन् । १२ कक्षा उतिर्ण गरेकि दनुवारले कार्यालय सहयोगीको साथै आवश्यक हुंदा विद्यार्थिहरुलाई पढाउने समेत काम गर्छीन ।
    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सवै श्रमिकको न्यूनतम मासिक १३ हजार ४ सय ५० पाउने गरी श्रमिकहरुको तलब वैंक खातामा जम्मागर्नुपर्ने निर्देशन दिएको छ । श्रम ऐन २०७४ र श्रम नियमावलि २०७५ ले तोकेअनुसारको न्यूनतम पारिश्रमिक साथै अन्य वित्तिय सेवा उपलब्ध नगराउने जोकोहिलाई कारवाही गरीने उल्लेख गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार